संविधानमा सबै हक लेख्यौं तर एउटा लासले आफ्नो रीतिपूर्वक जल्ने हक लेख्न बिर्सेछौँ - सांसद शिव नेपाली

रास्वपा सांसद शिव नेपालीले काब्रेका अजित मिजारको बारेमा आज संसद्को शून्य समयमा सरकारको ध्यानाकर्षण गराएका छन् l अजित मिजारको विषय दलित समुदायमाथि भएको ज्यादतिको अर्को निकृष्ट व्यवहार हो l अजितका हजुर बुबा समेत जातीय विभेदको घीनलाग्दो स्वरूपमा अजितको हत्या हुनु भन्दा ५५ वर्ष अघि नेपाली समाजबाट प्रताडना भोगेका व्यक्ति थिए l रास्वपा सरकारमा गए पछि सम्भवत अजितको न्यायको विषय सदनमा नेपालीले पहिलोपटक प्रवेश गराएर गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् l संसदमा शिव नेपाली सम्बोधन गर्दै भन्छन् :
सभामुख महोदय,
'हामीले संविधानमा सबै किसिमका हक अधिकार लेख्यौ तर एउटा लासले न्याय पाएर जल्ने हक लेख्न बिर्सेछौँ l काव्रेका अजित मिजार उपल्लो जातसँग प्रेम विवाह गरेको कारण मारिएको भनेर छोरालाई न्याय नदिलाएसम्म अन्त्येष्टि नगर्ने भन्दै पर्खिरहेका आमाबुबाहरू l सात वर्षदेखि न्यायालय धाइरहेछन् । पर्खिरहेका छन् l उनी माथि अन्याय भएको हो भने अन्याय भयो भनेर राज्यले क्षतिपूर्ति सहित न्याय दिनु पर्यो । अन्याय भएको होइन आरोप हो भने त्यसको पुष्टि गरेर राज्यले चित्त बुझाई दिएर अभिभावकत्व लिनु पर्यो । शिक्षण अस्पतालको चिसो बाकसमा छोराको लास राखेर न्यायको पर्खाईमा रात दिन रोइ बस्नेको पीडा राज्यले आजपर्यन्त नबुझ्नु शासकीय असक्षमता हो । नेपाल सरकारका गृहमन्त्रीले अब यो विषय टुङ्गोमा पुर्याउनु पर्छ । पुर्याउनु हुनेछ भन्ने विश्वास छ l अजित मिजारका परिवारलाई न्याय सहित उनको परिवारले अन्त्यष्टि गर्ने वातावरण छिटो निर्माण होस् l'
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...