श्रीमतीकै हितका लागि सम्बन्ध विच्छेदको मुद्दा दर्ता - शितलकृष्ण भुसाल

काठमाडौँ
शीतलकृष्ण महाराज भनिने कथावाचक धार्मिक प्रवचक शितलकृष्ण भुसालले सामाजिक सञ्जालमा आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उनले आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै लाइभ आएका थिए l शितलकृष्णको भनाइ जस्ताको त्यस्तै :
'करिब ९ महिना अघि आफू र आफ्नो श्रीमतीको आचारण र विचार नमिलेपछि श्रीमतीकै हितका लागि जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको बताएका छन् । शीतलकृष्णले जीवनमा मातापिता र श्रीमतीमध्ये एउटा रोज्नुपर्ने मोड आएको बताउँदै उनले संसारलाई मातापिताको उपदेश दिँदै आएको आफूले मातापिताको सेवा गर्ने बाटो रोजेको बताएका छन् ।
आफूले गृहस्थी चलाउन नसकेको प्रति भूल भएको भन्दै उनले क्षमा समेत मागेका छन् । उनले केही दिनअघि श्रीमतीले पत्रकार सम्मेलनमार्फत लगाएका आरोप निराधार र सत्य नभएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा राखेको भिडियोमा भनेका छन्- ‘केही दिनअघि श्रीमतीजीले पत्रकार सम्मेलनमा रिस र आवेगमा आएर लगाएका आरोप निराधार र सत्य नभएको यहाँहरू सबैलाई जानकारी गराउँदै सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि अदालतको अन्तिम फैसलाको प्रतिक्षामा रहेकोले यसप्रति अन्य टिकाटिप्पणी नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै भक्त सज्जनहरूलाई धैर्य गर्न पनि निवेदन गर्दछु ।’
कथाबाचक शीतलकृष्णप्रति उनकी श्रीमती सुकृति पौडेल भुसालले केही अभियानकर्मीका साथ शितलकृष्णलाई पत्रकार सम्मेलन गरेर अनेक आरोपहरू लगाएकी थिइन् । त्यसैको प्रतिवादमा भुसाल बोलेका हुन् l
akabarey.com टिप्पणी : 'जुन खोलामा माछा छैन, उसको नाम तीन शहर' (त्यागी श्रीमान् श्रीमतीको हितको ख्याल गर्ने महान पुरुष )
फोटो : सार्वजनिक सन्जालबाट
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...
कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।