बाँसबारी जग्गा प्रकरणमा काङ्ग्रेस सांसद विनोद चौधरीको बयान सुरु
काठमाडौँ, चैत ८
काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले विनोद चौधरीलाई आज बिहान साँढे आठ बजेदेखि जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइरहेको छ l विनोदसँग बयान लिनुअघि सीआईबीले विनोदबारे पनि अनुसन्धान भइरहेको जानकारी सभामुखलाई गराएको थियो । सभामुख देवराज घिमिरेलाई ब्युरोले पत्र लेखेर त्यसबारे जानकारी दिएसँगै उनलाई बयानमा बोलाइएको ब्युरोले जानकारी दिएको छ l पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीसँग कार्यालय प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएकाे हाे ।
छाला जुत्ता कारखानाको कम्पाउन्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले जानकारी दिएका छन् l
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधवार उनका भाइ वसन्त चौधरीलाई पनि घटना विवरण कागज गराएको थियो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरीलाई ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो । उनी सांसद विनोद चौधरीका कान्छो भाइ हुन् । जिल्ला अदालत काठमाडौँको आदेशमा अरुण ‘हाजिर जमानी’मा रिहा भएका छन् ।
स्मरणीय : विनोद चौधरीको फोटो विकिपीडियाबाट लिइएको हो l akabarey.com
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...