राज्य सत्ताको चरित्र दलितप्रति सधैँ अनुदार र निषेधित - दलित अभियन्ताहरू

“वर्तमान राज्य सत्ताको चरित्र र १४% दलित समस्या” विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार राजधानीको भृकुटीमण्डप स्थिति रत्नराज्यलक्ष्मी कलेजको हलमा आयोजना गरिएको थियो l वर्तमान राज्य सत्ताको चरित्र अनुदार रहेको र दलित मैत्री नभएकोमा दलित अधिकारको एड्भोकेसी गरिरहेका विभिन्न व्यक्तित्वहरूले प्रकाश पार्दै संयुक्त दलित आन्दोलनको आवश्यकता रहेको निष्कर्ष निकालेका थिए l वर्तमान गठबन्धनको नव गठित सरकारमा एक जना पनि दलित समावेश नगरेर सरकारले दलितमाथिको निषेध कायम गरेकोमा वक्ताहरूको आक्रोश र चर्को असन्तुष्टि थियो l
पूर्व नेपाली राजदूत डाक्टर निर्मल विश्वकर्मा -
'७० प्रतिशत दलितको साथ र समर्थन पाएको कम्युनिष्ट पार्टीको गठनबन्धन सरकार चरम ब्राम्हणवादी र मनुवादी देखिनु दुर्भाग्य रहेको चर्चा गरेका थिए l कम्युनिष्टहरूले जातीय समस्यालाई वर्गीय भने र तर जातमा लगेर व्यवहार गरे l दलितमाथि वैचारिक घात गरे, दलितलाई भुलभुलैयामा राखेर शोषण दमन र निषेधको राजनीति गरे l कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार हुँदा ९३०० कर्मचारी भर्ना गरियो तर दलित मैत्री र दलित कोटा राखिएन जसको कारण न्यून सङ्ख्या र अपवादको रूपमा मात्र दलितले प्रवेश पाए l समावेशी र समानुपातिकको मर्म विपरित कर्मचारी छनोट गरियो l त्यति ठुलो घातको क्षतिपूर्ति अब कसरी हुन्छ l ओली सरकारकै पालामा दलित विकास समिति खारेज गरियो, रुकुममा ६ जनाको हत्या गरियो र सो हत्यालाई दुर्घटना भन्ने कुचेष्ठा गरियो l त्यसैले कम्युनिष्टहरू दलित मैत्री छैनन् बरु दमनकारी छन् l तसर्थ नयाँ विकल्पको रूपमा शक्ति निर्माण गर्नु पर्ने र त्यो राजनीतिक शक्ति नै' हुनु पर्नेमा पूर्व राजदूत डा, विश्वकर्माको जोड थियो l '१४ प्रतिशत दलितको लागि मुश्किलले डेड प्रतिशत राज्यको कर्मचारी संयन्त्रमा छन् तर करिब ११ प्रतिशत ब्राम्हण समुदाय २६ प्रतिशतमा आफ्नो सहभागिता जनाएर बसेको छ यसर्थ राज्यको चरित्र विभेदकारी छ l दलिहरूलाई बल्छिको माछो बनाएर राखिएको छ l यसका विरुद्द प्रतिकार र चुनौती आवश्यक छ त्यसको तयारी गरौ l शक्ति निर्माणमा विश्वकर्माको रुचि थियो l
दलित आत्मरक्षा अभियानका संयोजक डाक्टर मित्र परियार -
'दलितको आफ्नो छुट्टै र स्वतन्त्र शक्ति हुनुपर्ने र त्यसको नेतृत्व विशुद्द दलितले लिएर लड्नु पर्ने त्यसको लागि आफ्नो नेतृत्वमा cwn (कास्ट वाच नेटवर्क ) रहेको र आगामी चैत ८ गते काठमाडौँ टिम घोषणा हुने र त्यसले छिट्टै आफ्नो गतिविधि गर्ने र देशभर जहाँ दलित माथि अन्याय हुन्छ त्यहाँ प्रतिकार गर्ने विरोध गर्ने र न्यायिक अभियान गर्ने आफ्नो अभियानको कार्यक्रम बारे जानकारी दिए l मित्र परियार भन्दै थिए : नेपालमा महिला र दलित असाध्यै पिडित छन् किनभने वैदेशिक रोजगारीको लागि बाहिर बसेको पुरुष पनि आफ्नो गर्ल फ्रेन्डलाई प्रविधिको सहारा लिएर नियन्त्रण गर्छ l विशेष निगरानीमा राख्छ l नेपालमा महिला वादी आन्दोलन आजसम्म भएकै छैन त्यो हुनु जरुरी रहेको र दलित मुक्तिको आन्दोलन झन् आवश्यक र छिटो गर्नु पर्नेमा डा, परियारको आग्रह थियो l भोट र नोटको राजनीतिको कारण दलित आन्दोलन स्वतन्त्र रूपले उठन नसकेको अब त्यो उठाउने जिम्मेवारी हाम्रो भएको भन्दै ब्राम्हणवादी सोच र शैलीको वर्तमान सरकारप्रति तीव्र रोष प्रकट गरे l
नीति विश्लेषक, अभियन्ता होमराज आचार्य -
'नेपालका पाठ्यक्रम दलित विरोधी रहेको र कतिपय अवस्थामा दलितको अस्तित्व नै अदृश्यकरण गरिएको आफ्नो अनुसन्धानको उदाहरण पेश गरे l २३ प्रतिशत दलितको जनसंख्या भएको सुदूरपश्चिममा दलित बोध हुने दलितको सिप,ज्ञान र प्रविधि झल्किने समुदायको उपस्थिति बारे शैक्षिक पाठ्यक्रम मौन रहेको तर अन्य जातजातिको मात्र उल्लेख भएको हुँदा त्यस्तो पाठ्यक्रम, लेख्ने बनाउने र स्वीकृत गर्नेप्रति प्रश्न गरे दलित समुदायलाई अदृश्यकरण किन गरियो ? नेपालको मेसिनरी जात प्रथामा आधारित छ l देशका नागरिक कस्तो बनाउने भन्ने कुरा शिक्षाले तय गर्छ हाम्रो शिक्षा प्रणालीमा नै खोट छ यो जात व्यवस्थाको पृष्ठपोषक छ l दलितको अस्तित्व अस्वीकृत गर्ने नियत र नीति सामाजिक न्यायको भाषामा अदृश्य करण गरिएको भनिन्छ l किताबमा समेत ठाउँ नदिएर सुकुम्बासी बनाइनु घोर अन्याय हो l अन्यायको विरुद्ध एक भएर लड्नु आवश्यक छ l विगतलाई सामान्य स्मरण गरेर वर्तमानमा जाति भेद र लिङ्ग भेद, वर्णभेद र थुप्रै अन्य विभेदको विरुद्द लड्नु पर्छ l ब्राम्हण समुदायले आफूले पाएको सांस्कृतिक आरक्षण स्वीकार गरेर जानु नैतिक र न्यायिक देखिन्छ l पूर्ण समानुपातिक प्रणाली नै विभेद अन्त्य गर्ने आजसम्मको उपयुक्त व्यवस्था हो l
सामाजिक अभियन्ता राजनीतिकर्मी कमला हेमचुरी - -
'हामी नेपाली नागरिक भए पनि अधिकार उपभोगको मामलामा निषेध र वन्चितिकरणमा परेका छौं l हामी पछाडि पारेका मात्र होइनौ हाम्रै कारण पनि पछाडि छौं l आफ्नो क्षमता चिन्न नसकेर पनि दुख पाएका छौं l बुद्दले भने झैँ हरेक दुखको पछाडि कारणहरू हुन्छन् l प्रत्येक व्यक्ति आफै हो दुखको कारण l ती कारण खोज्ने र पत्ता लगाउने काम गर्न सकेका छैनौ l हामी आफैमा छिन्नभिन्न छौं l हाम्रो शक्ति क्षय भएको छ l आफ्नो सीप ज्ञान क्षमता बुद्धि र कला चिन्न सकेका छैनौ l शक्ति जसले निर्माण गर्छ सभ्यताको निर्माण पनि उसैले गर्छ l दलित समुदाय चालक समुदाय हो तर शक्ति निर्माण गण नसकेको कारण पींधमा छ l जसको धर्म, राजनीति ज्ञान र अर्थको सत्तामा पहुँच छ उसैले राज्यसत्ता छिटो प्राप्त गर्दछ दलित समुदाय यी सबैमा पछि भएको कारण राज्यसत्तामा पुग्न असहज भएको हो l जात व्यवस्थाको कारण दलित पछि छन् किनभने एउटा सर्वहारा दलित र ब्राम्हणमा ब्राम्हण जति नै गरिब भए पनि उसको सामाजिक हैसियत माथि हुन्छ त्यसैले यो समस्या वर्गीय मात्र होइन जातीय समस्या हो l हिन्दुहरूको उत्पीडन र जातको कारण नेपाली समाज पछि परेको' हेमचुरिको तर्क थियो l
राजनीतिकर्मी अभियन्ता नरेन्द्र पासवान -
'तराई पहाड र हिमालका दलितको एकता मजबुत गर्दै दलितको आफ्नै संगठन निर्माण गर्न र उअस्तै परे बन्दुक उठाउन आफू तयार रहेको तर्क गरे l अन्याय सहेर बस्ने विषय होइन अन्यायमा बन्दुक उठ्नु स्वाभाविक हुने' पासवानको जिकिर थियो l
अधिवक्ता सुन्दर स्नेही -
'थरले मान्छेको व्यक्तिको परिवेश र व्यक्तित्व निर्धारण गरिदिने सामाजिक मनोविज्ञान छ l कुनै पनि व्यक्ति उसको नाम पछाडिको थरको कारण उच र नीच देख्ने परिपाटीको अन्त्य गर्नु आजको आवश्यकता हो l आजको शक्ति युवा र एआइ हो l हामीले यी दुवैलाई प्रयोग गरेर शक्ति निर्माण गर्नु पर्छ l कोटाको बुझाई बारे समाजमा व्यापक भ्रम छ त्यसको निवारण गर्न बौद्धिक वर्गले कसरत गर्नु पर्नेछ l अधिवक्ता सुन्दर स्नेहीले बझाङको प्रदेशसभाको उपचुनावमा आफू स्वतन्त्र उमेद्वार बन्न लागेको र त्यसमा दलित समुदाय र सबैले सहयोग गर्ने आसा र विश्वास' समेत व्यक्त गरे l
विद्यार्थी नेता तथा अभियन्ता राजेश नेपाली -
'हरेक दलका दलित भातृसंगठन बालीघरे कै नव संस्करण भएको देखिन्छ l भातृसंगठनको भूमिका प्रभावकारी भएन l दलितको सवालमा न्यायको सवालमा बोल्न नसक्ने सङ्गठन आवश्यक छैन l राजनीतिक व्यवस्था नै जुनसुकै कुराको परिवर्तनको आवश्यक सर्त र मूल चुरो हो त्यसैले राजनीतिक दल नै बनाएर जानुपर्नेमा' राजेश नेपालीको विशेष आग्रह थियो l
अभियन्ता राजनीतिकर्मी, शिक्षण व्यवसायी प्रेम विश्वकर्मा -
'वर्तमान सरकारको दलित निषेधित नीति र नियतप्रति खेद व्यक्त गर्दै आफू आफ्नो पार्टीमा दलित विषयलाई प्रवेश गराउन संघर्षशील रहेको र आब हामीले दलित मुक्तिको आन्दोलन नगरे भोलिको हाम्रो पुस्ताले हामीलाई धिक्कार्ने छ तसर्थ सङ्घर्ष गरेर मुक्ति युद्द गर्नुको विकल्प छैन l
कार्यक्रममा सुनिता मरिक डोम,कल्पना सुनार लगायत वक्ताले पनि दलित विरोधी सरकारको आलोचना गरेका थिए l कार्यक्रममा वक्ताहरूले दलित समुदायलाई उपेक्षा गरेर नेपाली राज्यसत्ता अगाडि बढ्न नसक्ने तथा १४% जनसङ्ख्या रहेको दलित समुदायलाई उपेक्षा गरी बनाइएको मन्त्रीमण्डलले नेपालको संविधानले परिकल्पना गरेको समावेशी सिद्धान्तलाई उपहास गरेको ठहर गरेका थिए l
कार्यक्रमलाई युवा राजनीतिकर्मी अभियन्ता प्रदीप घतालले संचालन गरेका थिए l उक्त कार्यक्रमामा युवा विद्यार्थी, विविध क्षेत्रका व्यक्ति, राजनीतिकर्मी दलित अगुवा, र सामाजिक व्यक्तिहरूको उलेख्य उपस्थिति थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...