प्रचण्ड सरकारको नयाँ गठबन्धनले दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दा परेका मन्त्रीहरू
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् पुनर्गठन गरेको २ दिनपछि नयाँ सत्ता साझेदार दलहरूबीच मुख्य मन्त्रालयको बाँडफाँड टुंगिएपछिको मन्त्री मण्डलामा समावेश गराइने पार्टीका सदस्यहरू : माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नेछन् । वर्षमान पुन अर्थमन्त्री बन्ने तय भएको छ । पर्यटन मन्त्रालयको जिम्मेवारी हितबहादुर तामाङले पाउने छन् भने ऊर्जामा शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रेखा शर्मा दोहोरिएका छन् l
एमालेका तर्फबाट सरकारमा पार्टी सचिव रघुवीर महासेठले नेतृत्व गर्ने भएका छन् । महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन् l गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्य विभाजन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाटपार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने छन् ।
डीपी अर्यालले मन्त्रीको लिइसकेका छन् l उनले श्रम मन्त्रालय पाउनेछन् l सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने छन् l
नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने इच्छा सरकारमा सहभागी भएमा उसले २ मन्त्रालय पाउनेछ ।
प्रचण्डको फाइल फोटो प्रयोग गरिएको छ l akabarey.com
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...