प्रचण्ड सरकारको नयाँ गठबन्धनले दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दा परेका मन्त्रीहरू

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् पुनर्गठन गरेको २ दिनपछि नयाँ सत्ता साझेदार दलहरूबीच मुख्य मन्त्रालयको बाँडफाँड टुंगिएपछिको मन्त्री मण्डलामा समावेश गराइने पार्टीका सदस्यहरू : माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नेछन् । वर्षमान पुन अर्थमन्त्री बन्ने तय भएको छ । पर्यटन मन्त्रालयको जिम्मेवारी हितबहादुर तामाङले पाउने छन् भने ऊर्जामा शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रेखा शर्मा दोहोरिएका छन् l
एमालेका तर्फबाट सरकारमा पार्टी सचिव रघुवीर महासेठले नेतृत्व गर्ने भएका छन् । महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन् l गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्य विभाजन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाटपार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने छन् ।
डीपी अर्यालले मन्त्रीको लिइसकेका छन् l उनले श्रम मन्त्रालय पाउनेछन् l सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने छन् l
नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने इच्छा सरकारमा सहभागी भएमा उसले २ मन्त्रालय पाउनेछ ।
प्रचण्डको फाइल फोटो प्रयोग गरिएको छ l akabarey.com
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...