नयाँ गठबन्धनबाट आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने सम्भावना
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ गठबन्धनबाट सोमबार सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सेतोपाटीलाई दिएको जानकारीअनुसार एमालेबाट प्रमुख सचेतक पदम गिरी मन्त्री हुनेछन् ।
२०७९ पुस १० गते मन्त्रिपरिषद् गठन हुँदा गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । ‘आजै मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारी छ। प्रधानमन्त्रीज्यूले विवादित मन्त्री हटाएँ भनेर ११ बजे संसदलाई जवाफ दिन जानुपर्नेछ,’ सचिव भट्टराईले भने । उनले सोमबार सानो आकारको मन्त्रिपरिषद् बन्ने एमालेका तर्फबाट गिरी मात्रै सरकारमा जाने बताए । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने मन्त्रिपरिषद्मा पठाउने सदस्यको टुंगो लगाइसकेको छैन ।
महामन्त्री डा. मुकुल ढकालका अनुसार मन्त्री र न्यूनतम साझा कार्यक्रममा टुंगो लगाउने जिम्मा पार्टी सभापति रवि लामिछानेलाई दिइएको छ । सोमबार सभापति लामिछानेको निवासमा बसेको पार्टी सचिवालयको बैठकले तत्कालीन निर्णय लिने अधिकार लामिछानेलाई दिएको थियो ।
यससँगै नेपाली कांग्रेसलगायतसँग माओवादीले गरेको सहकार्य टुटेको छ ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आज आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन् । बालुवाटारमा जारी माओवादी पदाधिकारी बैठकबाट एक नेताले पनि गठबन्धन टुटेको पुष्टि गरेका छन् । गए राति अबेरसम्म प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो । बिहान सबै दलले आ-आफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए ।
‘गए राति अध्यक्षहरूको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अगाडि बढाउने र सत्ता गठबन्धन पनि परिवर्तन गर्नेबारेमा छलफल भएको थियो,’ माओवादीका एक नेताले भने,‘त्यसले आजै मुर्त रूप लिँदैछ ।’ प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्मार्णमा लागि १३८ जना सांसद आवश्यक पर्छ ।
गए राति दलहरूबीच नेकपा एकीकृत समाजवादी बारे पनि कुराकानी भएको थियो ।
‘उक्त छलफलमा माधवकुमार नेपालले चाहेमा यो गठबन्धनमा रहन सक्ने र समाजवादीका लागि पनि मन्त्री छुट्याउन सकिने समझदारी बनेको थियो,’ स्रोतले भन्यो,‘यदि उहाँले निहुँ खोज्नुभयो भयो समाजवादी पनि गठबन्धनमा रहन मुस्किल छ ।’
जनता समाजवादी पार्टी भने सरकारमै रहने निश्चित जस्तै छ। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् भन्दै सेतोपाटीले यस्तो समाचार लेखेको छ l अन्य मिडियाले पनि वर्तमान गठबन्धन करिब करिब टुटेको निस्कर्ष निकालेका छन् l
सत्ता अनुकुल र प्रतिकुल अनि गणितीय खेल भएकोले संवैधानिक व्यवस्था अनुकुल गरिने खेललाई अस्वाभाविक मान्दैन, यद्धपि दलहरूसँग दीगो इमान नहुने हुनाले घटनाक्रम अदलबदल हुने सम्भावना नकार्न सकिन्न l akabarey.com l प्रधानमन्त्रीको फाइल फोटो प्रयोग गरिएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...