नयाँ गठबन्धनबाट आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने सम्भावना

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ गठबन्धनबाट सोमबार सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सेतोपाटीलाई दिएको जानकारीअनुसार एमालेबाट प्रमुख सचेतक पदम गिरी मन्त्री हुनेछन् ।
२०७९ पुस १० गते मन्त्रिपरिषद् गठन हुँदा गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । ‘आजै मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारी छ। प्रधानमन्त्रीज्यूले विवादित मन्त्री हटाएँ भनेर ११ बजे संसदलाई जवाफ दिन जानुपर्नेछ,’ सचिव भट्टराईले भने । उनले सोमबार सानो आकारको मन्त्रिपरिषद् बन्ने एमालेका तर्फबाट गिरी मात्रै सरकारमा जाने बताए । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने मन्त्रिपरिषद्मा पठाउने सदस्यको टुंगो लगाइसकेको छैन ।
महामन्त्री डा. मुकुल ढकालका अनुसार मन्त्री र न्यूनतम साझा कार्यक्रममा टुंगो लगाउने जिम्मा पार्टी सभापति रवि लामिछानेलाई दिइएको छ । सोमबार सभापति लामिछानेको निवासमा बसेको पार्टी सचिवालयको बैठकले तत्कालीन निर्णय लिने अधिकार लामिछानेलाई दिएको थियो ।
यससँगै नेपाली कांग्रेसलगायतसँग माओवादीले गरेको सहकार्य टुटेको छ ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आज आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन् । बालुवाटारमा जारी माओवादी पदाधिकारी बैठकबाट एक नेताले पनि गठबन्धन टुटेको पुष्टि गरेका छन् । गए राति अबेरसम्म प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो । बिहान सबै दलले आ-आफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए ।
‘गए राति अध्यक्षहरूको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अगाडि बढाउने र सत्ता गठबन्धन पनि परिवर्तन गर्नेबारेमा छलफल भएको थियो,’ माओवादीका एक नेताले भने,‘त्यसले आजै मुर्त रूप लिँदैछ ।’ प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्मार्णमा लागि १३८ जना सांसद आवश्यक पर्छ ।
गए राति दलहरूबीच नेकपा एकीकृत समाजवादी बारे पनि कुराकानी भएको थियो ।
‘उक्त छलफलमा माधवकुमार नेपालले चाहेमा यो गठबन्धनमा रहन सक्ने र समाजवादीका लागि पनि मन्त्री छुट्याउन सकिने समझदारी बनेको थियो,’ स्रोतले भन्यो,‘यदि उहाँले निहुँ खोज्नुभयो भयो समाजवादी पनि गठबन्धनमा रहन मुस्किल छ ।’
जनता समाजवादी पार्टी भने सरकारमै रहने निश्चित जस्तै छ। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् भन्दै सेतोपाटीले यस्तो समाचार लेखेको छ l अन्य मिडियाले पनि वर्तमान गठबन्धन करिब करिब टुटेको निस्कर्ष निकालेका छन् l
सत्ता अनुकुल र प्रतिकुल अनि गणितीय खेल भएकोले संवैधानिक व्यवस्था अनुकुल गरिने खेललाई अस्वाभाविक मान्दैन, यद्धपि दलहरूसँग दीगो इमान नहुने हुनाले घटनाक्रम अदलबदल हुने सम्भावना नकार्न सकिन्न l akabarey.com l प्रधानमन्त्रीको फाइल फोटो प्रयोग गरिएको छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...