सिद्धि गणेशका छात्रहरूलाई ४० हजारको छात्रवृत्ति
दलित महिला उत्थान सङ्घ नेपालकी संस्थापक अध्यक्ष, मानवाधिकारवादी,अभियन्ता, सामाजिक व्यक्तित्व डाक्टर बिष्णुमाया परियारले सिद्धि गणेश मावि सामुदायिक विद्यालयका दुई गरिब तथा जेहेन्दार छात्रलाई एड्वानले उपलब्ध गराउने आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ l
एड्वानको कार्यालय काठमाडौँमा सो संस्थाकी महासचिव पम्फा परियार गुरुङले दुई छात्रलाई बिस बिस हजार रुपियाँको चेक हस्तान्तरण गर्नु भयो l छात्रवृत्ति पाउने छात्रहरूमा दीपेश विश्वकर्मा कक्षा ११ बालि विज्ञान सङ्कायमा अध्ययनरत छन् । उनी विसं २०७९ को एसईई परीक्षामा ३.९२ जिपिएका साथमा नगरपालिका प्रथम भएका थिए l
अर्का छात्र कैलाश दर्जी हुन् उनी हाल सिद्धि गणेश माविमा कक्षा १० मा अध्ययनरत छन् । उक्त सहयोग सिद्धि गणेश माविका शिक्षक सरोज धिताल र सामाजिक अभियानकर्मी सञ्जीव कार्कीको समन्वयमा डाक्टर बिष्णुमाया परियारले आफ्नो संस्था एड्वान मार्फत् उपलब्ध गराउनु भएको हो l
एड्वानले आज पर्यन्त २५ हजारभन्दा बढी स्कुल कलेजदेखि विश्वविद्यालय अध्ययन गर्ने विद्यार्थीहरूलाई सहयोग रकम उपलब्ध गराइ सकेको र भविष्यमा पनि निड़ी विद्यार्थीहरूलाई सहयोग गर्दै जाने संस्थाकी अध्यक्ष विन्दु थापा परियारले जानकारी दिनुभयो l
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...