इलाम २ र बझाङ १ मा उपनिर्वाचन वैशाख १५
काठमाडौं,फागुन १३
प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा उपचुनाव हुन वैशाखमा १५ गते हुने भएको छ ।
निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएर सो स्थान रिक्त भएको थियो l
यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।
सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...