'पटक पटक मर्नु भन्दा एकै पटक मारिदे हुन्छ' भन्छन् बेगनासतालबासी - सांसद शिव नेपाली
काठमाडौँ, फाल्गुन १३
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद शिव नेपाली भन्छन् :
'सरकार सरुवा बढुवामा नै व्यस्त छ l जनताको काम कहिले गर्ने होला ? समयलाई कहिले चिन्ने होला ?
पदमजी भन्नु हुन्छ: धुलो खाएर बार बार मर्नु भन्दा एकैपटक मारिदिन सरकारलाई भन्नु होला l आफ्नो क्षेत्रको घर दैलो गर्दा यस्तो गुनासो गर्नु हुन्छ साथीभाइ l जनतालाई भेट्दा निराशा भन्दा अरू केही छैन l बाटोघाटोको बेहाल छ,महानगरको राजस्व वृद्धि भने ३०० प्रतिशतमा छ l
कास्की क्षेत्र नं. १ बेगनास तालदेखि माझिकुना तालबेसीं हुँदै लमजुङ करपुरटार मन्दिर जाने बाटो अति नै जिर्ण अवस्थामा छ l सङ्कल्प यात्रा पनि यही बाटोबाट भएको थियो तर त्यो दिन सिमसार क्षेत्रको माटो ल्याएर खाल्डखुल्डी पुरिएको थियो l शीर्ष नेता सधैँ यात्रा गरे हुन्थ्यो कम्तिमा धुलो त उड्ने थिएन भन्नु हुन्छ स्थानीय जनता l महानगर भित्र पर्ने पर्यटकीय क्षेत्र माझिकुना वडा नं. ३१ को दुर्गति पनि हेरिसाध्य छैन, अरू दलका शीर्ष नेता पनि शायद पुग्नु भएको होला l सो छिटो बनोस् रुपागाउँ पालिका र वडा नं. ३२ सयेलाको पुलले बजेट कुरेर बसेको ३० ४० वर्ष भयो l ध्यानाकर्षण गराउन चाहन्छु l'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...