एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी
दोलखा, माघ २६
नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । हिजो माघ २५ मतगणनाअनुसार १०औं जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्पर्धामा रहेका तीन नेताहरू इश्वरचन्द्र पोखरेल,भरत दुलाल र नरबहादुर श्रेष्ठ मध्ये अरू दुईलाई पराजित गर्दै नरबहादुर श्रेष्ठ अध्यक्षमा विजयी भएका छन् l श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी इश्वरचन्द्र पोखरेलले ९५ मतान्तरमा पराजित बन्नु पर्यो । पोखरेलले २ सय ३८ मत पाएका छन् । यस्तै अर्का उम्मेदवार भरत दुलालले ३८ मत मात्रै पाएका छन् l संयोगले यी तीनै जना अध्यक्षका उमेद्वार २०७४ को गाउँ पालिका निर्वाचनमा श्रेष्ठ मेलुङ् गाउँपालिका, पोखरेल तामाकोशी गाउँ पालिका र दुलाल शैलुङ् गाउँ पालिकामा एमालेको तर्फबाट विजित जनप्रतिनिधिहरू हुन् l २०७९ को स्थानीय चुनावमा यी तीनै जनाले उमेद्वारी दिएका थिएनन् l
नरबहादुर श्रेष्ठ यसअघि ९औं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् l उपाध्यक्षमा ३ सय ३६ मतसहित राजेन्द्र मानन्धर विजयी बनेका छन् l मानन्धरले प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतान्तरले पराजित गरेका हुन् । उपाध्यक्षका अर्का उम्मेदवार थोकरले २ सय ६३ मत पाएका थिए ।
त्यसैगरी नेकपा एमाले दोलखाको सचिवमा स्वयमवहादुर खड्का विजयी भएका छन ।गौरीशङ्कर गाउँपालिकाका संस्थापक अध्यक्ष खड्का ३ सय ४ मत प्राप्त गरी विजयी भएका हुन् । खडकाले प्रतिस्पर्धी कृष्ण वस्नेतलाई २० मतले पराजित गरेका छन् l
उपसचिवमा हरि ओली र कमला बस्नेत र्निाचित भएका छन् । पदाधिकारीमा निर्वाचित उपसचिव ओलीबाहेक सबै अध्यक्ष श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धा गरेका व्यक्तिहरू हुन् l दोलखामा ओली खेमाका दुई पोलिटब्यूरो सदस्यहरू दुवै पूर्वमन्त्रीहरू बिच आफ्नो मान्छे जसरी पनि ल्याउने प्रतिष्पर्धा चलेको थियो l प्रतिस्पर्धा स्वस्थ र अस्वस्थ दुवै प्रकारको थियो भन्छन् दोलखालाई पत्रकारहरू l
अध्यक्ष श्रेष्ठ एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको निकट मानिन्छन् । यस्तै अध्यक्षमा पराजित पोखरेल अर्का पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेल निकट हुन् l प्यानल बिनानै प्रतिष्पर्धा गरेका दुलालले पाएको मतलाई निष्ठा र विश्वासको मतको रूपमा मात्र लिनु पर्ने एक स्थानीय एमाले नेताको भनाइ छ l उनी भन्छन् : २०७४ को स्थानीय निर्वाचनमा विजित तिनै जना प्रतिस्पर्धीमा भरत दुलालले गाउँ पालिका मध्य देशभर नै उत्कृष्ट गाउँ पालिका बनाएर शैलुङलाई चिनाए र आफ्नो क्षमताको परिचय दिए तर नेताको आशिर्वाद र कार्यकर्ताको मायाबाट भने जिम्मेवारी पाउने क्रममा रोकिए यो बिडम्बना हो l अरू दुवै नेता जिल्ला अध्यक्ष भएर पार्टी पङ्क्तिमा परीक्षित नै हुनुहुन्थ्यो l भरतजी नेकपा एमाले जिल्सला कमिटि सचिव भए पनि निर्वाचित अध्यक्ष भएर कमाण्ड समाल्न पाउनु भएको थिएन l दुई पटक प्रयास गर्नु भयो कार्यकर्ताले माया गरे, मत मत दिएनन् l' आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एमाले नेताले भने l
नेकपा एमाले दोलखा जिल्ला कमिटीमा प्रतिस्पर्धी पदाधिकारीहरूको मत यस प्रकार छ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...