एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी

दोलखा, माघ २६
नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । हिजो माघ २५ मतगणनाअनुसार १०औं जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्पर्धामा रहेका तीन नेताहरू इश्वरचन्द्र पोखरेल,भरत दुलाल र नरबहादुर श्रेष्ठ मध्ये अरू दुईलाई पराजित गर्दै नरबहादुर श्रेष्ठ अध्यक्षमा विजयी भएका छन् l श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी इश्वरचन्द्र पोखरेलले ९५ मतान्तरमा पराजित बन्नु पर्यो । पोखरेलले २ सय ३८ मत पाएका छन् । यस्तै अर्का उम्मेदवार भरत दुलालले ३८ मत मात्रै पाएका छन् l संयोगले यी तीनै जना अध्यक्षका उमेद्वार २०७४ को गाउँ पालिका निर्वाचनमा श्रेष्ठ मेलुङ् गाउँपालिका, पोखरेल तामाकोशी गाउँ पालिका र दुलाल शैलुङ् गाउँ पालिकामा एमालेको तर्फबाट विजित जनप्रतिनिधिहरू हुन् l २०७९ को स्थानीय चुनावमा यी तीनै जनाले उमेद्वारी दिएका थिएनन् l
नरबहादुर श्रेष्ठ यसअघि ९औं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् l उपाध्यक्षमा ३ सय ३६ मतसहित राजेन्द्र मानन्धर विजयी बनेका छन् l मानन्धरले प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतान्तरले पराजित गरेका हुन् । उपाध्यक्षका अर्का उम्मेदवार थोकरले २ सय ६३ मत पाएका थिए ।
त्यसैगरी नेकपा एमाले दोलखाको सचिवमा स्वयमवहादुर खड्का विजयी भएका छन ।गौरीशङ्कर गाउँपालिकाका संस्थापक अध्यक्ष खड्का ३ सय ४ मत प्राप्त गरी विजयी भएका हुन् । खडकाले प्रतिस्पर्धी कृष्ण वस्नेतलाई २० मतले पराजित गरेका छन् l
उपसचिवमा हरि ओली र कमला बस्नेत र्निाचित भएका छन् । पदाधिकारीमा निर्वाचित उपसचिव ओलीबाहेक सबै अध्यक्ष श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धा गरेका व्यक्तिहरू हुन् l दोलखामा ओली खेमाका दुई पोलिटब्यूरो सदस्यहरू दुवै पूर्वमन्त्रीहरू बिच आफ्नो मान्छे जसरी पनि ल्याउने प्रतिष्पर्धा चलेको थियो l प्रतिस्पर्धा स्वस्थ र अस्वस्थ दुवै प्रकारको थियो भन्छन् दोलखालाई पत्रकारहरू l
अध्यक्ष श्रेष्ठ एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको निकट मानिन्छन् । यस्तै अध्यक्षमा पराजित पोखरेल अर्का पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेल निकट हुन् l प्यानल बिनानै प्रतिष्पर्धा गरेका दुलालले पाएको मतलाई निष्ठा र विश्वासको मतको रूपमा मात्र लिनु पर्ने एक स्थानीय एमाले नेताको भनाइ छ l उनी भन्छन् : २०७४ को स्थानीय निर्वाचनमा विजित तिनै जना प्रतिस्पर्धीमा भरत दुलालले गाउँ पालिका मध्य देशभर नै उत्कृष्ट गाउँ पालिका बनाएर शैलुङलाई चिनाए र आफ्नो क्षमताको परिचय दिए तर नेताको आशिर्वाद र कार्यकर्ताको मायाबाट भने जिम्मेवारी पाउने क्रममा रोकिए यो बिडम्बना हो l अरू दुवै नेता जिल्ला अध्यक्ष भएर पार्टी पङ्क्तिमा परीक्षित नै हुनुहुन्थ्यो l भरतजी नेकपा एमाले जिल्सला कमिटि सचिव भए पनि निर्वाचित अध्यक्ष भएर कमाण्ड समाल्न पाउनु भएको थिएन l दुई पटक प्रयास गर्नु भयो कार्यकर्ताले माया गरे, मत मत दिएनन् l' आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एमाले नेताले भने l
नेकपा एमाले दोलखा जिल्ला कमिटीमा प्रतिस्पर्धी पदाधिकारीहरूको मत यस प्रकार छ :
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...