डा. राजेश अहिराजद्वारा पृथ्वीनारायण शाह छात्रवृत्ति कोष तराई,हिमाल र पहाडमा स्थापना गर्ने

काठमाडौँ,
मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा छात्रवृत्ति कोष स्थापना गरेका छन् ।समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहकाबीच माघ २५ गते उनले एक लाख एक हजार हस्तान्तरण गदै ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गरेका छन् l
डा अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भन्ने उद्देश्यले यस क्याम्पस कोष स्थापना गरेको बताए । “जीवन सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनुपर्छ”, उनले भने।
क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकमबाट प्राप्त बैंंकको ब्याजबाट छात्रवृत्ति उपलब्ध गराइने क्याम्पसले जानकारी दिएको छ । अक्षय कोषमा एक करोड जम्मा गर्ने लक्ष्य लिइएको सो क्याम्पसका प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले बताए ।
डाक्टर अहिराजले अकबरे.कमलाई दिएको जानकारी अनुसार उनले ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ पहाड र हिमाली भागका कलेजमा पनि स्थापना गरेर राष्ट्र निर्माता पृथ्वीनारायणशाहको राष्ट्रिय एकताको अवधारणालाई बलियो बनाउन सहयोग गर्ने विचार व्यक्त गरे l पूर्व प्रदेश प्रमुख अहिराजकाअनुसार नेपाल एकीकरणमा मधेश (तराई) पहाड र हिमाल सबैको उत्तिकै योगदान र वलिदान छ l तसर्थ पनि नेपाल एकीकरणका नायकको नाममा अक्षयकोष स्थापना गर्न मन लाग्यो l उनी भन्छन् पृथ्वीनारायण शाहको नाममा आजसम्म कसैले यस्तो प्रकारको शैक्षिक छात्रवृत्ति कोष स्थापना गरेको छैन l'
डाक्टर अहिराजले गोरखा संग्रहालय विस्तार गर्न माग गर्दै रौतहट जिल्ला गढीमाइ नगरपालिका - ४ स्थिति, सुन्दरपुर(सङ्ग्रामपुर) क्षेत्रमा स्थापना गर्न आफ्नो आठ कट्ठा जग्गा उपलब्ध गराउने प्रतिबद्धता १०७९ चैत्रमा नै गरिसकेका छन् l
'यी सब कुरा राष्ट्रिय एकताको प्रवर्द्धन गर्नको लागि हो l तराई र हिमालमा एकै प्रकारको बराबर रकम कै अक्षयकोष स्थापना गर्ने होला भन्ने अकबरे.कमको प्रश्नमा अहिराज भन्छन् l विल्कुल रकममा एकरूपता हुँदैन किनभने तराई पहाड र हिमालका विद्यार्थीको अनुकूलता र प्रतिकूलता फरक फरक छन् l त्यसैले अक्षयकोषको रकममा मधेशभन्दा पहाडमा बढी, पहाडमा भन्दा हिमाली भेगमा बढी राख्ने उनको योजना छ l विकास निर्माण आदिको मोडेल पनि यस्तै हो l तर हामीकहाँ समानताको नाममा एकै किसिमले ट्रिट गर्ने भूल गरिन्छ l त्यसैले सन्देशमूलक पनि होस् भन्नाको खातिर र राष्ट्र निर्माताको सम्मानको लागि ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ नेपालको तीन पृथक भौगोलिक क्षेत्रमा स्थापना गर्न लागेको हुँ, मधेशमा हिजो स्थापना गरियो l' अहिराजको कथन छ l
तस्बिर : डाक्टर राजेश अहिराजले उपलब्ध गराउनु भएको हो l
डा.केसी आजसम्म २७० दिन भोकै बसेर निष्ठा र नैतिकताको लडाई लडिरहेका छन् l
यहाँ टासिँन र छुटिन सिकिदैन यहाँ त जोडिन सिकिन्छ । अखण्ड प्रचण्ड कर्म गरेर धन्य धन्य बन्न सिकिन्छ ।
सरकारी सिट बढ्नुपर्नेमा निजि मेडिकल कलेजलाई सिट थप दिएर सरकारले सरकारी मेडिकल कलेजलाई उपेक्षा गरेको...