प्राज्ञिक विद्यार्थी परिषदद्वारा शिक्षा क्षेत्रको समग्र अवस्था,चुनौती र समाधान बिषयक कार्यशाला सम्पन्न

सुर्खेत
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेश शाखाले नेपालको शिक्षाक्षेत्रको समग्र अवस्था,चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला आज सुक्रबार मध्यपश्चिम विश्वविद्यालय को सभाहलमा सम्पन्न गरेको छ ।
प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा.डा नन्दबहादुर सिँहले शिक्षा क्षेत्रमा अब गम्भीर रूपमा सोच्नुपर्ने बताएका छन । सिँहले हाल नेपालमा भईरहेको शिक्षामा ,विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नु पर्ने, नैतिक शिक्षा लागू गर्नु पर्ने, ट्रास्कृप्ट लिने व्यवस्था अनिवार्य रूपमा अनलाइनबाट गरिनु पर्नेमा प्राज्ञिक विद्यार्थी परिषद् ले आवाज उठाउनु पर्ने कुरा राखेका छन। साथै उनले उपकुलपति नियुक्तिका लागि दलको नेताहरूलाई भेटन बन्द गर्दै कसरी विश्वविद्यालय राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्न अनुरोध गरेका छन ।
कार्यक्रम प्रस्तुतकर्ता प्रा.डा विजु थपलिया नेपाल समग्र शिक्षाको अवस्था को अवस्था बारे प्रस्तुत गरेका थिए । विद्यार्थीहरुलाई फरक कुराहरु तथा अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने , शिक्षकहरुलाई तलब बडाउनुपर्ने र शैक्षिक सुधारमा जोड दिनुपर्ने प्रस्ताव गरेका थिए
पूर्व डिन पूर्वाअञ्चल विश्वविद्यालय टिप्पणीकर्ता कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य जितबहादुर शाहले नेपालको शैक्षिक स्थिति खस्किदो अबस्था रहेको बताए । उनले दिवा खाजा , छात्रावृत्तिमा वृद्धि र यस्तो बेला शिक्षक विद्यार्थीको मनमा बसेर साथित्वको भावनाले शिक्षा दिनुपर्ने र शिक्षकले आफ्नो आचारसंहिता पूरा अगाडि बढी हिडेमा कर्मचारीभन्दा शिक्षकको तलब धेरै हुनुपर्ने माग गरे ।
टिप्पणीकर्ता नारायण सिग्देलले आफू पढ्दै कमाउदै कुरा जनज्योति मा.वि मा सुरुवात भएको र हाल देशभर उक्त कार्यक्रम लागू भएको कुरा बताए । यो देशका विद्यार्थी हरूलाई सिल्लामा स्याउ टिप्न लगाईयो तर जुम्लामा स्याउ लाउन सिकाएन , अबको युवाले आफ्नो कमाई खानुपर्छ बाबुको हैन यो बिषयमा अनिवार्य रुपमा लाग्नुपर्ने बताए । अबको शिक्षकले विद्यार्थीलाई कमाउन लगाउन र आफू पढ्दै कमाउदै कार्यक्रमलाई थप उचाइमा पुर्याउन अनुरोध गरेका छन ।
टिप्पणीकर्ता सुदिप ठकुरीले मध्यपश्चिम विश्वविद्यालयका डिनले उत्पादन क्षेत्रलाई बढाउन नसके शिक्षामा सुधार ल्याउन सकिँदैन । जहाँ अभाव छ त्यहाँ समस्याहरू देखिन्छन् । यी कुराहरूमा ध्यान केन्द्रित हुनुपर्छ , देशको अर्थतन्त्र मजबुत हुदाँ देशको शिक्षामा टेवा पुग्ने कुरा राखेका थिए ।
वाहिरबाट, शिक्षा एउटा मेरुदण्ड हो, निसुल्क शिक्षा नेपालमा लागू सबैठाउँ प्रभावकारि नभएको, शिक्षालाई उत्पादनसँग जोडेर लैजानु पर्ने, पेशागत रूपमा लाग्नेले पनि कर्तव्य पूरा गर्नुपर्ने, ]पाठ्यक्रम अभ्यासमुलक, व्यवहारमुलक बनाउन आवस्यक छ । विद्यालय खोल्दा अलि ध्यानाकर्षण हुन र शिक्षक छनोटमा पनि ध्यान दिन आवश्यक, शिक्षक बिहिन विद्यालय पनि धेरै छन , शिक्षकको काम ईन्डिकेटरमा वा तालिकामा यति यति गर्नुपर्ने र अभिभावक पनि सुध्रिनु पर्ने विचार व्यक्त गरे ।
डा.केसी आजसम्म २७० दिन भोकै बसेर निष्ठा र नैतिकताको लडाई लडिरहेका छन् l
यहाँ टासिँन र छुटिन सिकिदैन यहाँ त जोडिन सिकिन्छ । अखण्ड प्रचण्ड कर्म गरेर धन्य धन्य बन्न सिकिन्छ ।
सरकारी सिट बढ्नुपर्नेमा निजि मेडिकल कलेजलाई सिट थप दिएर सरकारले सरकारी मेडिकल कलेजलाई उपेक्षा गरेको...