प्रधानमन्त्री स्वदेश फिर्ता,सदन खुल्ने बित्तिकै टीआरसी विधेयक टुङ्गोमा पुग्ने विश्वास

काठमाडौं,माघ,७
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन्
सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधवार युगान्डाको राजधानी कम्पला पुगेका थिए।
सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । साथै उनले इजरायल—हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए ।
उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।
स्वदेश फिर्ता पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सबै दलहरूसँग सहमतिका लागि वार्ता जारी रहेको र ‘टीआरसी बारे सबै छलफल र तयारी गरेका छौँ । संसदको उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ ।
सदन खुल्ने बित्तिकै हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ । सहमतिबाट नै यसलाई टुङ्गो लगाउन म प्रयासरत छु । विश्वास छ सबै दलको सहमतिबाट यो टुङ्गोमा पुग्छ । शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुग्छन् ।’
अकबरे.कम
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...