१५० मिलियन डलरको गाँजा बिक्रीबाट न्युयोर्कलाई साढे १६ मिलियन डलर आम्दानी

न्युयोर्कमा यो बर्ष १५० मिलियन डलरको गाँजा बिक्री हुँदा राज्यलाई साढे १६ मिलियन डलर आम्दानी भएको छ । न्युयोर्कका गाँजा नियामकहरूले २०२३ मा कानुनीरुपमा गाँजा उद्योगको आर्थिक सफलताको बारेमा शुक्रबार जानकारी दिएका छन् । तर अवैध गाँजाको बेचविखनका कारण लाखौंको कर गुमेको उनीहरूले बताए ।
यो बर्ष साढे ३ मिलियन गाँजाका उत्पादनहरूको बिक्रीबाट कर राजस्वमा १६ दशमलव ५ मिलियन थपिएको हो । सन् २०२४ अझ महत्त्वपूर्ण र राम्रो हुने अधिकारीहरूकै अपेक्षा रहेको छ । राज्यमा रहेका झण्डै १५ सय अवैध विक्रेताहरूले कति गाँजा बिक्री गरेभन्ने बारे अधिकारीहरूले केही बताउन सकेका छैनन् । तर अधिकारीहरूले नराम्रोसँग व्यापार चोरेको गुनासो गरेका छन्।
अवैध पसलहरूलाई अधिकारीहरुले कारवाही गरिरहेको बताएका छन् । जहाँ ११ हजार ६ सय पाउन्ड भन्दा बढी अवैध उत्पादनहरू जफत गरिएको छ । जसको अनुमानित मूल्य ५६ मिलियन डलर रहेको छ । सञ्चालनमा रहेका अवैध उद्योगको कुल आकारको विवरण बारेभने राज्यले कुनै तथ्याङ्क दिन सकेको छैन ।
इजाजत नभएका पसलहरू स्थापना गर्ने विक्रेताहरूले प्राय नगदमा व्यापार गर्छन् । उनीहरूले गाँजाको कर तिर्दैनन् । लाइसेन्स प्राप्त गाँजा स्टोरहरूले गाँजाको कर तिर्न आवश्यक हुन्छ ।
राज्यले यो वर्ष प्रोसेसर, खेती, वितरण, माइक्रोबिजनेस र रिटेल डिस्पेन्सरीका लागि करिब ७ हनजार लाइसेन्सहरूका लागि आवेदन आएको बताएको छ । माग उच्च रहेको र बढ्ने अपेक्षा गरेको अधिकारीहरूको भनाई छ । न्युयोर्कमा मात्रै ग्यास फेस, ब्लुबेरी मफिन र सोर डिजेल जस्ता नामहरू सहित गाँजाका ५ सय बढी स्ट्रेनहरू उपलब्ध गराइएका छन्।
पत्रपत्रिका स्तम्भ अन्तर्गत akabarey.comले यो सामग्री खसोखासबाट साभार गरेको छ l खसोखासलाई धन्यवाद ज्ञापन गर्दै हामी यो सामग्री सार्वजनिक गर्दछौं l सम्पादक
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।