हनी ट्रयाप मुद्दामा तीन महिला परे अदालतको फन्दामा

दाङ, पुस, ४
आर्थिक लाभको मुद्दा (हनि ट्रयाप) मा दाङका तीन महिलालाई कैद सजाय तोकिएको छ।दाङ जिल्ला अदालतले हनि ट्रयाप मुद्दामा कसुर गरेको ठहर गर्दै तीन महिलालाई जनही एक वर्ष ६ महिना कैद सजाय र जनही १५/१५ हजार रुपैयाँ रुपैयाँ जरिवानाको फैसला गरेको हो।
जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले आपराधिक लाभको मुद्दामा प्रतिवादी प्युठान स्वर्गद्वारी नगरपालिका घर भई हाल घोराही उपमहानगरपालिका–१५ बस्ने सितादेवी थापासहित घोराही उपमहानगरपालिका–५ घर भई हाल घोराही उपमहानगरपालिका–१५ बस्ने सुष्मा परियार र घोराही उपमहानगरपालिका–१ घर भई हाल घोराही– १५ बस्ने खुमा वलीलाई दोषी ठहर गर्दै साे फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिएका छन्।
मुलुकी अपराध संहिता २०७४ को दफा २५३ को उपदफा १,२ र ३ (क) कसुरमा सोही ऐन र दफाको उपदफा ३ (ख) अनुसार साथै जनही दश हजारका दरले जाहेरवालाई क्षतिपूर्ति दिने फैसला गरेको श्रेस्तेदार घिमिरेले बताएका छन्।
श्रेस्तेदार घिमिरेले भने, ‘आपराधिक लाभको मुद्दामा दाङ जिल्ला अदालतबाट फैसला भएको सम्भवतः यो पहिलो घटना हो।’
भद्रबहादुर जैसी (नाम परिवर्तन) ले आपराधिक लाभ उठाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दर्ता गराएका थिए। सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७८ असोज १९ गते दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएको करिब दुई वर्षपछि फैसला भएको हो।
श्रेस्तेदार घिमिरेका अनुसार आपराधिक लाभ उठाउने उद्देश्यले सितादेवी थापाले पीडितसँग एक लाख रुपैयाँ लिएको स्वीकार गरेकाले उक्त पैसा जाहेरीवालाई दिलाउने फैसला गरेको छ। हनि ट्रयापको आरोपमा पक्राउ परेका सितादेवी थापा एक लाख ५० हजार, सुष्मा परियार ७० हजार र खुमा वली ८० हजार रुपैयाँ धरौटीमा २०७८ असोज २२ गते छुटेका थिए।
‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा २०७८ असोज २ गते घोराहीबाट यी तीन महिलालाई प्रहरीले पक्राउ परेको थियो। होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्न खोज्ने तीन महिलालाई प्रहरीले पक्राउ गरेको थियो।
पत्रपत्रिका स्तम्भ अन्तर्गत यो सामग्री akabarey.com ले नागरिक दैनिकमा देवेन्द्र बस्नेतद्वारा सम्प्रेषित हो l समाचारको लागि नागरिक दैनिक धन्यवादको पात्र छ l
जब शिवकलाले किन्ने भइन्, तब तनाव सिर्जना भयो । ‘तल्लो जातकालाई खेत बेच्न दिँदैनौं,’ उनका दाजुभाइले भ...
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहे...
अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ ।