कालिमाटीमा आजको तरकारीको मूल्य ( भाउ )
कालीमाटी फलफूल तथा तरकारी बजारमा आज अधिकांश तरकारीको भाउ स्थिर छ।
केही तरकारीको न्यूनतम र अधिकतम मूल्य सामान्य घटबढ भएका छन्।
आज रातो आलुको भाउ न्यूनतम ४५ रूपैयाँदेखि ४७ रूपैयाँ तोकिएको छ। हिजो ४५ रूपैयाँदेखि ४८ रूपैयाँसम्म थियो। त्यस्तो सेतो आलुको भाउ हिजो ३५ देखि ४० रूपैयाँसम्म थियो भने आज ३८ देखि ४० रूपैयाँ तोकिएको छ।
नेपाली ठूलो गोलभेडाको मूल्य १० रूपैयाँ बढेको छ। हिजो ५० देखि ६० रूपैयाँसम्ममा कारोबार भएको सो गोलभेडाको मूल्य आज ६० देखि ७० रूपैयाँ तोकिएको छ।
भारतीय ठूलो गोलभेडाको मूल्य भने स्थिर छ। हिजो ८० देखि ९० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको उक्त गोलभेडाको आज पनि सोही मूल्य छ।
लोकल सानो टनेलको गोलभेडाको भाउ ५ रूपैयाँले घटेको छ। हिजो १५ देखि २५ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको गोलभेडाको मूल्य आज प्रतिकिलो २० देखि ३० रूपैयाँ तोकिएको छ।
सागको भाउ पनि घटबढ भएको छैन। हिजो २५ देखि ३० रूपैयाँमा कारोबार भएको रायोगको सागको भाउ आज २५ देखि ३५ रूपैयाँ तोकिएको छ। यसको अधिकतम मूल्यमा पाँच रूपैयाँ वृद्धि भएको छ।
पालुंगो र चमसुर र सौफको सागको भाउ प्रतिकिलो ११० रूपैयाँदेखि १२० रूपैयाँसम्म, तोरीको साग ३० देखि ४० रूपैयाँ, मेथीको साग ११० देखि १२० रूपैयाँ र जिरीको साग ९० देखि १०० रूपैयाँ तोकिएको छ। हिजोपनि यी सागका मूल्य त्यत्ति नै कायम थियो।
हरियो धनियाको अधिकतम मूल्य भने आज १० रूपैयाँले बढेको छ। हिजो ५० देखि ७० रूपैयाँमा कारोबार भएको हिरियो धनियाँको मूल्य आज ५० देखि ८० रुपैयाँ तोकिएको छ।
काउलीको अधिकतम मूल्य घटेको छ। हिजो १५ देखि २५ रूपैयाँमा कारोबार भएको काउलीको भाउ आज प्रतिकिलो १५ देखि २० रूपैयाँ तोकिएको छ।
ब्रोकाउली १० रूपैयाँले महंगिएको छ। हिजो ४० देखि ५० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको ब्रोकाउलीको मूल्य ३० देखि ४० रूपैयाँ तोकिएको छ। मोटरकोशाको भाउ भने स्थिर छ। मोटरकोशाको मूल्य प्रतिकिलो ८० देखि ९० रूपैयाँ तोकिएको छ।
भारतीय प्याज, लसुन र अदुवाको भाउ पनि घटबढ भएको छैन।
भारतीय प्याजको प्रतिकिलो भाउ १३५ देखि १४५ रूपैयाँ, हरियो प्याज ७० देखि ८० रूपैयाँ, नेपाली र चाइनिज लसुन २६० देखि २८० रूपैयाँ, अदुवा १५० देखि १७० रूपैयाँ निर्धारण गरिएको छ।
अकबरे खुर्सानीको अधिकतम मूल्य ३० रूपैयाँले बढेको छ।
हिजो ३०० देखि ३२० रूपैयाँमा कारोबार भएको अकबरे खुर्सानीको मूल्य आज ३०० देखि ३५० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बो...
“थोरै लगानीले मनग्य आम्दानी दिने भएपछि मौरी पालनमा युवाहरूको आकर्षण बढ्दै गएको छ ।
किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाइएक...