भरुवा बन्दुकको अटोमेटिक फायरबाट दोलखामा एक जनाको मृत्यु
चरिकोट , मङ्सिर,१७
दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा झुलेका २० वर्षीय सञ्जिव सार्की छन् ।
उनी आफैंले चलाएको भरुवा बन्दुकको काठको बट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । घाइते भएका सञ्जिवलाई दोलखा मालुको तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याइएको थियो । अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ ।
सञ्जिवसहित ७ जना स्थानीय गएराति डाँडाबारी जंगलमा शिकार खेल्न गएका थिए । सञ्जिवको मृत्यु भएको घटना सार्वजनिक भएपछि उनीसँगै शिकार खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तामाकोशी गाउँपालिका–३ र २ वडाका छ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरू १६ वर्षदेखि ४२ वर्ष सम्मका छन् l
सञ्जीव सार्की दोलखा जिल्ला झुलेका वासिन्दा हुन् l राम्रो भलिवल खेलाडीको चिनारी बनाएका सार्कीको मृत्युले भलिवलको एउटा सम्भावनाको अन्त्य भएको छ l
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...