प्रसाई समूहले आज सिफल चौरमा कार्यक्रम गर्ने
काठमाडौं,मङ्सिर,९
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले शनिबार काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ।
महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलपछि सिफलमा आज बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिए।
प्रशासनले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो।
साथै दुई पक्षबीच आन्दोलन शान्तिपूर्ण तवरले गर्ने सहमति पनि भएकाे सहप्रवक्ता माण्डव्यले बताए।
छलफलमा काठमाडौं जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीकाे सहभागिता थियाे।
प्रसाईंकाे अभियानले बिहीबारबाट काठमाडौं उपत्यकामा प्रदर्शन थालनी गरेकाे हाे। पहिलाे दिन बल्खुमा आयाेजना गरिएकाे कार्यक्रम निकै तनावपूर्ण भएकाे थियाे।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार तीनकुनेमा प्रसाईंलाई कार्यक्रम गर्न दिएकाे थिएन।
महाअभियान, नेपालले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भइ घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरेकाे जनाउँदै प्रशासनले कार्यक्रम गर्न नदिएकाे हाे । आज शान्तिपूर्ण प्रदर्शन हुने र गर्ने कुरामा प्रशासन र पर्साई समूह सहमत भएको बताईन्छ l हिजो दुर्गालाई अघोषित नजरबन्दमा राखिएको र तीनकुनेमा सर्वसाधारणलाई पक्राउ गरेकोमा सर्वत्र विरोध भएको थियो l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...