साहित्य शृङ्खला - शर्मिला कार्की ' शरु' का मुक्तकहरू
शर्मिला कार्की ' शरु'
१
तात्तो न छारोका चल्छन् आन्दोलन हिजोआज
देश चैं रसातलमा पुगेको छ झन् झन् हिजोआज
भोट दिने बेलामा चैं "राम्रो" होइन "हाम्रो" हेर्छन्
"...सक्यो दैलो देख्यो" विरोध गर्छन् हिजोआज !
२
दिगो सुनाम चल्छ भने अनेक कष्ट खप्नुपर्छ
भक्ति पाउनलाई पनि त ईश्वरको नाम जप्नुपर्छ
रुखमा बस्ने कागले पनि जीवन /वंश धान्नलाई
गुँड बनाउँदा/मर्मत गर्दा,सिन्का /झिंझा थप्नुपर्छ!
३
सफल हुन चाहनेले जे जे गर्न आँट्नुपर्छ
उस्तै परे आफ्नो निर्णय आफैं पनि काट्नुपर्छ
शङ्का लागे लङ्का पनि डढ्नसक्छ भन्ने बुझी
विश्वासपात्रलाई समेत कुनै बेला ढाँट्नुपर्छ ।
४
अन्यौलमा छ गुरुवर्ग , हरेक शिष्य अन्यौल छ
हरेक विभाग र हरेक क्षेत्रको परिदृष्य अन्यौल छ
वर्तमानको तीन पुस्ता नै विदेश पलायन भएपछि
अनिश्चित छ , यो मुलुकको भविष्य अन्योल छ ।
५
ओइलाएको फूलले निराश हुँदै भन्छ जीवन छोटो छ
कला घटेको जूनले बाँकी दिन गन्छ जीवन छोटो छ
भूकम्प ,बाढी,दुर्घटना ,युद्धहरू सम्झिएर म झस्किन्छु
नियतिले कहिले कस्को चिहान खन्छ,जीवन छोटो छ !
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्