छुवाछुत कसुरमा पोखराका वडाध्यक्षलाई अतिरिक्त ५० प्रतिशत सजाय सहित फैसला
कास्की -
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय दुर्व्यवहारकाे आरोपमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैसला सुनाएको हो । फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।
अधिकारीले साढे ४ महिना कैद र ७५ हजार जरिबाना र १० हजार रुपैयाँ पीडित महिलालाई क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ । जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लागेर २०७९ माघ ९ गते १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए l
वडाध्यक्ष अधिकारी कांग्रेसको टिकटबाट निर्वाचित व्यक्ति हुन् l
अधिकारीमाथि पोखरा वडा नम्बर २४ का वडा सदस्य मैया नेपालीले जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लगाउनु भएकाे थियो । वडा सदस्य नेपालीले वडा अध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै ०७९ पुस २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराउनुभएकाे थियाे ।
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...