'रङ्गभेद विरूद्ध एकता दिवस’ मङ्सिर १० लाई घोषणा गर्न सीके राउतको प्रस्ताव
जनकपुरधाम
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त राउतले ‘रङ्गभेदविरुद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन प्रस्ताव गरेका छन् ।
अध्यक्ष डा. राउतले प्रतिनिधिसभाका सचिवलाई प्रतिनिधिसभामा उक्त संकल्प प्रस्ताव छलफलका लागि संकल्प पत्र बुझाएका हुन् । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७९ बमोजिम उक्त सङ्कल्प प्रस्तावमाथि छलफल गर्न यो सूचना दिएको उनले उल्लेख गरेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समेत नश्ल, रङ्ग , वर्णको आधारमा विभेद राज्य पक्ष र शासक वर्गबाट हुँदै आएकोले त्यसको अन्त्यका लागि ‘ रङ्गभेदविरूद्ध एकता दिवस’ घोषणा गर्नुपर्ने तर्क गरेका छन् ।
अलग मधेश देशको माग गर्दै डा. राउत नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरू २०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा प्रदर्शन गरेका थिए । सो क्रममा ३०० जना पक्राउ परेका थिए l
पक्राउ पर्नेमा सबै मधेशी थिए । सो गिरफ्तारीलाई डा. राउतले रङ्गभेदी गिरफ्तारी’ भन्दै हरेक वर्ष मंसिर १० मा रङ्गभेदविरुद्धको दिवस मनादै आएका छन् ।
अलग मधेश देशको एजेण्डा छाडेर राजनीतिक दल गठन गरी चुनाव जितेर सरकारमा पुगेपछि उनले मंसिर १० लाई ’रङ्गभेदविरूद्ध एकता दिवस’ घोषणा गर्न प्रस्ताव गरेका छन् ।
उनले भनेका छन्, ‘रङ्गभेदगरिनुमा रङ्गभेद के हो के होइन, आफूले रङ्गभेद गरेको छु भनेर आमनागरिकमा बोध नहुनु प्रमुख कारण रहेको हुनाले मंसिर १० लाई नेपाल सरकारबाट ’रङ्गभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन र संघीय संसदबाट सामुहिक रूपमा रंगभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प लिनका लागि यो सङ्कल्प प्रस्ताव पेश गरेको छु ।’ भनेका छन् l सीके राउतद्वारा हस्ताक्षर गरिएको सङ्कल्प प्रस्ताव यसप्रकारको छ :
akabarey.com टिप्पणी : रङ्गभेद हुन् या जातभेद यी दुवै ध्वस्त पार्नु पर्ने सामाजिक चिन्तन र चिज हुन् l रङ्ग कुनै विशेष र योग्यता अयोग्यता दुवै होइन l कालो खराब भन्ने रङ्गभेदी चिन्तन खारेज गर्नुपर्छ l अन्य रङ्ग जस्तै कालो पनि एक फरक रङ्ग हो l गलत रङ्ग होइन l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...