कतारमा भित्रियो नेपाली किसानको सयपत्री फूल

सुरेश भट्ट आश्रिन, दोहा
नेपालीहरूको महान दोस्रो ठूलो रङ्गीन पर्व तिहारले गाउँ, शहर र विदेशमा बस्ने नेपालीहरूलाई छोपिसकेको छ । तिहार फूलै-फूलको पर्व पनि हो । व्यावसायिक फूलखेती गर्दै आएका फूल किसानलाई अहिले फूल टिप्न भ्याइ नभ्याइ छ ।
नेपालमै फूल उत्पादनको सम्भावना भए पनि तिहारका समयमा भारत र अन्य देशबाट प्राकृतिक फूल र कृत्रिम फूल आयात हुन छाडेको छैन । चाडबाडमा प्रयोग हुने मखमली र सयपत्री फूल खेतीलाई थप विस्तार गर्न र कृषकलाई फूलमा आत्मनिर्भर बनाउन पहिलो पटक नेपालबाट व्यावसायिकरूपमा सुदान फ्लावरले कतारमा सयपत्री र मखमली फूल भित्र्याएको छ ।
विदेशमा पनि फूलको बजार र आम्दानीको सम्भावना प्रशस्तै भएको र नेपाल बाहिरको मिनी नेपालमा बस्ने नेपालीलाई नेपाली फूल प्रयोगमा ल्याउन लक्षित गर्दै स्वदेशी उत्पादनलाई विदेशी बजारमा पुर्याउन तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा सामूहिक व्यावसायिक फूलखेती गरेका याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले मित्रता मा.वि. परिसरमा करिब २६ रोपनी क्षेत्रफलमा गरेको व्यावसायिक फूल खेतीलाई अन्तर्राष्ट्रियकरण गर्दै कतारको बजारमा ल्याइपुर्याएको अम्बिका पौडेल बताउँछन् ।
दोहाको रिजेन्सी मार्केटमा रहेको सुदान फ्लावर पसलले दीपावलीको दिनबाट बिक्री वितरण सुरू हुने गरी सयपत्री फूल कतारमा भित्र्याएको हो । फूलको साइजअनुसार १ मिटरको मालाको बजार मूल्य २५ देखि ३० रियाल कायम गरिएको सुदान फ्लावरका मालिक कविन्द्र कँडेलले जानकारी दिएका छन् l
तिहारलाई मात्र लक्षित नभएर अन्य समयमा समेत नेपाली फूललाई निरन्तरता दिने उनको योजना छ । उनले भने, ‘कतारमा हुने विभिन्न कार्यक्रममा समेत फूलको प्रयोग गर्ने हो भने नेपालमा उत्पादन भएका फूल र फूलखेती किसानलाई टेवा पुग्ने र नेपालमै बस्ने दीर्घकालिन योजना किसानहरूले बुन्ने थिए विस्थापित भएर विदेश हिड्न पर्ने थिएन ।'कँडेल भन्छन् l
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्य...
युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन...
धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज...