प्रधानमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण पत्र

काठमाडौँ, कार्तिक, २०
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्प पीडितहरूको राहत र उद्दार कार्य चुस्त, दुरुस्त र प्रभावकारी बनाउन रास्वपाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको ध्यानाकर्षण गराएको छ l सरकारको तदारुकताको प्रशंसा गर्दै विगतमा भए जस्ता कमजोरी नहोस् भनेर सुझाएको छ l
गोदाममा खाद्य सामग्रीलगायत अन्य अतिआवश्यक सामग्री कुहिने, बिग्रने गरी रहने तर जनताले नपाउने, पाउनेको हकमा पनि दोहोरिएर पाउने तर कसैले नपाउने र पहुँचवालाकामा मात्र पुग्ने अवस्था पैदा नहोस् l दुर्गम र सुगम सबैतिर समानुपातिक वितरण होस् l अनुगमन गरियोस् भन्दै सतर्क र सचेत गराएको छ l सरकारलाई सहयोग गर्न आफ्नो पार्टी सदैव तयार रहेको र अझ आवश्यक परे सम्पूर्ण मानव संशाधन र सन्जाल उपयोग गर्न पनि सरकारसँग अपिल गरेको छ l उद्दार, राहत, व्यवस्थापन र सहजीकरणको लागि थप व्यवस्थति बनाउन ६ बुँदे सुझाव पनि पेश गरेको छ l बन्दोबस्तीका सामग्रीहरू उचित ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनस्र्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारलाई सचेत गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको ध्यानाकर्षण पत्र :
रास्वपाका उपसभापति तथा प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालको नेतृत्वमा प्रतिनिधि सभाका सदस्यहरू क्रमशः शिव नेपाली, सुमना श्रेष्ट, मनिष झा, सोविता गौतम, असोक चौधरी र रास्वपाका नेताहरू गणेश कार्की र कमल सुवेदीको टोलीले २०८० , कार्तिक, २० गते प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...