प्रधानमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण पत्र
काठमाडौँ, कार्तिक, २०
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्प पीडितहरूको राहत र उद्दार कार्य चुस्त, दुरुस्त र प्रभावकारी बनाउन रास्वपाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको ध्यानाकर्षण गराएको छ l सरकारको तदारुकताको प्रशंसा गर्दै विगतमा भए जस्ता कमजोरी नहोस् भनेर सुझाएको छ l
गोदाममा खाद्य सामग्रीलगायत अन्य अतिआवश्यक सामग्री कुहिने, बिग्रने गरी रहने तर जनताले नपाउने, पाउनेको हकमा पनि दोहोरिएर पाउने तर कसैले नपाउने र पहुँचवालाकामा मात्र पुग्ने अवस्था पैदा नहोस् l दुर्गम र सुगम सबैतिर समानुपातिक वितरण होस् l अनुगमन गरियोस् भन्दै सतर्क र सचेत गराएको छ l सरकारलाई सहयोग गर्न आफ्नो पार्टी सदैव तयार रहेको र अझ आवश्यक परे सम्पूर्ण मानव संशाधन र सन्जाल उपयोग गर्न पनि सरकारसँग अपिल गरेको छ l उद्दार, राहत, व्यवस्थापन र सहजीकरणको लागि थप व्यवस्थति बनाउन ६ बुँदे सुझाव पनि पेश गरेको छ l बन्दोबस्तीका सामग्रीहरू उचित ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनस्र्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारलाई सचेत गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको ध्यानाकर्षण पत्र :
रास्वपाका उपसभापति तथा प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालको नेतृत्वमा प्रतिनिधि सभाका सदस्यहरू क्रमशः शिव नेपाली, सुमना श्रेष्ट, मनिष झा, सोविता गौतम, असोक चौधरी र रास्वपाका नेताहरू गणेश कार्की र कमल सुवेदीको टोलीले २०८० , कार्तिक, २० गते प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...