दुर्गा प्रसाईं प्रहरीको साइबर ब्यूरोमा

काठमाडौँ, कार्तिक, १९
प्रहरीले बोलाएको हुनाले दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन्।
विभिन्न माध्यमबाट विवादस्पद अभिव्यक्ति दिएपछि साइबर ब्यूरोले उनलाई हाजिर हुन भनेकाे थियाे। प्रहरीले बोलएपछि उनी आइतबार प्रहरीमा उपस्थित भएका हुन्।
प्रसाईंले सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत् सिंगो मारवाडी समूदायको चरित्र हत्या गरेको भन्दै कारवाहीको माग गर्दै साइबर व्यूरोमा उजुरी परेकाे थियाे।
नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रसाईंविरुद्ध उजुरी दिएपछि प्रहरीले व्यूरोमा बाेलाएकाे थियाे। तर उनी प्रहरीकाे आँखा छलेर बसेका थिए।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे कम्बोडियाको टेलिकममा लगानी भएकाे भन्ने अभिव्यक्ति दिएका थिए। यस्तै उनीमाथि बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरेर गैरकानुनी काम गरेको र थुप्रै विषयमा विवादास्पद अभिव्यक्ति दिएको आरोप छ।
बोलाए न आए उनलाई पक्राउ गर्ने तयारीमा प्रहरी रहेको थियो l
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...
कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।