'नेपालमा जातीय विभेदका कारण : परिणाम र समाधान' माथि अन्तर संवाद कार्यक्रम सम्पन्न
व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र ( पिडीआरसी ),मार्टिन चौतारी र नेपाल वौद्द अम्बेडकर महासभाको आयोजनामा अन्तरसंवाद कार्यक्रम यही असोज २६ गते मार्टिन चौतारीको सभाहल थापाथलीमा सम्पन्न भयो l अधिकारकर्मी, दलित अगुवा,लेखक, जसपा नेतृ कमला हेमचुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन लेखक तथा सामाजिक अभियन्ता डिबी नेपाली दमुले गरेका थिए l
दलित आत्मरक्षा अभियानका अभियन्ता, मानवशास्त्री, डा. मित्र परियारले 'नेपालमा जातीय विभेदका कारण : परिणाम र समाधान' विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए l उक्त कार्यपत्रमाथि मुख्य टिप्पणीकर्ताको रूपमा सुशील विके र सञ्जीव कार्कीले आ-आफ्नो धारणा व्यक्त गरेका थिए l
सो कार्यक्रममा अन्य टिप्पणी कर्ताहरूमा राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाई राजदूत डा. निर्मल विश्वकर्मा, रवीन्द्र थिंग, डा. कृपाराम विश्वकर्मालगायतले कार्यपत्रमाथि टिप्पणी सुझाव, खण्डन र मण्डन गरेका थिए l यो मार्टिन चौतारीमा भएको छैटौ वैचारिक बहस शृंखला हो l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...