'नेपालमा जातीय विभेदका कारण : परिणाम र समाधान' माथि अन्तर संवाद कार्यक्रम सम्पन्न
व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र ( पिडीआरसी ),मार्टिन चौतारी र नेपाल वौद्द अम्बेडकर महासभाको आयोजनामा अन्तरसंवाद कार्यक्रम यही असोज २६ गते मार्टिन चौतारीको सभाहल थापाथलीमा सम्पन्न भयो l अधिकारकर्मी, दलित अगुवा,लेखक, जसपा नेतृ कमला हेमचुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन लेखक तथा सामाजिक अभियन्ता डिबी नेपाली दमुले गरेका थिए l
दलित आत्मरक्षा अभियानका अभियन्ता, मानवशास्त्री, डा. मित्र परियारले 'नेपालमा जातीय विभेदका कारण : परिणाम र समाधान' विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए l उक्त कार्यपत्रमाथि मुख्य टिप्पणीकर्ताको रूपमा सुशील विके र सञ्जीव कार्कीले आ-आफ्नो धारणा व्यक्त गरेका थिए l
सो कार्यक्रममा अन्य टिप्पणी कर्ताहरूमा राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाई राजदूत डा. निर्मल विश्वकर्मा, रवीन्द्र थिंग, डा. कृपाराम विश्वकर्मालगायतले कार्यपत्रमाथि टिप्पणी सुझाव, खण्डन र मण्डन गरेका थिए l यो मार्टिन चौतारीमा भएको छैटौ वैचारिक बहस शृंखला हो l
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इ...
लमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘ह...
भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टी...