पापिष्टले लिए ज्यान फर्केकोछु लासमा, धरोधर्म तिम्रै नाम लिएँ अन्तिम सासमा - अदीप्त प्रकाश
पापिष्टले लिए ज्यान फर्केकोछु लासमा
धरोधर्म तिम्रै नाम लिएँ अन्तिम सासमा।
घरखेत बन्धकीमा हाली पठायौ बाबा
छिनमै चेत, छिनमै मुर्च्छा आमै आसमा।
पराइ भूमि रङ्गियो नेपाली रगतले
क्रन्दन खूब फैलियो हिमाली बतासमा।
स्वर्गलाई लात मार्दै पुगियो पाताल त्यो
दाजु भाई बिन्ती गर्छु नजाऊ प्रवासमा।
नखोजे है दिदी बैनी अबदेखि मलाई
झल्कोले सताउदा हेर्नू माथि आकासमा।
धनको मालिक बन्ने लालसाले डोर्यायो
सुख रैछ बरु आफ्नै स्वदेशको दासमा।
अदीप्त प्रकाश
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्