मेडिकल व्यवसायी दुर्गा प्रसाईको अन्य व्यावसायिमाथि गम्भीर आरोप

काठमाडौ,असोज,२२
सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईले १९ जना व्यवसायीमाथि तस्कर, माफिया, चोर भन्दै गम्भीर आरोप लगाएका हुन् ।
कार्यक्रममा प्रसाईले १९ जना व्यवसायीको फोटो नै टाँसेर गम्भीर आरोपहरु लगाएका हुन्। उनले कार्यक्रमको नाम नै ' राष्ट्रलाई लुटेर धनि (एलिट) भनेर चिनिने कुख्यात राष्ट्रघाती, अपराधी र तस्करहरूको फोटो सार्वजनिक गर्ने कार्यक्रम' राखेका थिए।
प्रसाईले उक्त आरोप लगाउँदै सार्वजनिक गरेका व्यवसायीमा विशाल ग्रुप अन्तर्गतका ८ जना व्यवसायी, गोल्यान ग्रुप अन्तर्गतका ५ जना र एनआइसी एशीया बैंक अन्तर्गतका ६ जना व्यवसायी रहेका छन् । जसमा विशाल ग्रुपका जगदीश प्रशाद अग्रवाल, त्रिलोक चन्द्र अग्रवाल, तुलसिराम अग्रवाल, अशोक कुमार अग्रवाल, अनुज अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल र अर्पित अग्रवाल रहेका छन् ।
त्यसैगरी गोल्यान ग्रुपका अध्यक्ष पवन कुमार गोल्यान, उपाध्यक्ष वाशुदेव गोल्यान, निर्देशकहरु शक्ति गोल्यान, अनन्त गोल्यान र अक्षय गोल्यानको रहेका छन् । यस्तै, एनआइसी एशीया बैंकका पुरुषत्तम लाल संघाई, शुभाष चन्द्र संघाई, विरेन्द्र कुमार संघाई, रामचन्द्र संघाई, गोविन्द्र लाल संघाई र शैलेस संघाईमाथि गम्भीर आरोप लगाएका हुन् ।
प्रसाईले विशाल ग्रुप अन्तर्गतका उक्त ८ व्यवसायिमाथि तस्कर, बैंक माफिया, विजुलिको बिल चोर, म्याद नाघेका खाद्यान्न विक्री गरेको आरोप लगाए । यसका साथै गोलि गट्ठा व्यापार गर्ने, पोस्तादाना तथा सुपारी तस्कर, रेड लेबल र ब्ल्याक लेवलका माफिया, बाल मन्दिर जग्गा प्रकरणका मुख्य गिरोह, भारतीय नक्कली नोटको कारोबार गर्ने जस्ता आरोप लगाए ।
यसैगरी, गोल्यान ग्रुपमा ५ जनालाई बैंक माफिया, खेतिका नाममा भु माफिया, ठग, बीमा माफिया, बिजुलि चोर हुण्डि कारोबारीका नाईके १५ साय करोड बैंक ऋण अपचलन गरेको लगायत आरोप लगाए ।
त्यस्तै, एनआईसी एशीया बैंकका उक्त ६ जना व्यवसायीलाई पनि बैंक माफिया, बिजुली चोर, नक्कली भ्याट बिल बताएको, भारतीय नक्कली नोटको कारोबारी, हुण्डी कारोबारी लगायतको आरोप लगाए ।
मारवाडी समुदायविरुद्ध खरो उत्रिएका प्रसाईले सबै मारवाडी गलत नभएको पनि बताए । केही मारवाडीले मात्र गलत गरेको उनले प्रष्ट पारे ।
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...