राष्ट्रपतिसँग विवेकशील साझा पार्टीको भेटवार्ता
काठमाडौँ, असोज १९
राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीहरूले भेट गरेका छन् l भेटमा विवेकशील साझाका नेताहरूले संवैधानिक संस्थाहरूको गरिमा वचाउन आग्रह गरेका छन् l
सो दलका प्रतिनिधिहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संबर्धनका लागि यसका आधार स्तम्भहरू राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरूको गरिमा वचाईराख्न राष्ट्रपतिलाई विशेष ध्यानाकर्षण गराएको छ l
लोकतन्त्रको संस्थागत विकास र नागरिकको संबृद्धिको चाहना साकार पार्न संबैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरुलाई दलियकरणवाट मुक्त गर्नु पर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराएको थियो।
प्रतिनिधि मण्डलले संबिधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरूलाई राष्ट्रिय सहमतीमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहका लागि अनुरोध समेत गरेको छ। सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र संवर्धन गरेर मुलुकको संबृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्नुभएको र प्रतिनिधि मण्डलमा अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, बिमला अधिकारी र केन्द्रीय सदस्य डाक्टर सुशील साह रहनु भएको कुरा विवेकशील साझा पार्टीका प्रवक्ताद्वारा प्रेषित प्रेस नोटमा जानकारी गराइएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...