भारतीले दायर गरेको राष्ट्रपति विरुद्दको मुद्दामा कारण देखाऊ आदेश
काठमाडौं, असोज, १८
सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयमाथि प्रश्न उठाउँदै शर्तसहितका आदेश जारी गरेको छ ।
चेतनकी पत्नी भारती शेर्पाको रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको हो ।
अदालतले सो रिट निवेदनको टुंगो नलागेसम्म निवेदक भारती शेर्पा र उनको परिवारका सदस्यहरूलाई सुरक्षा प्रदान गर्नसमेत गृह मन्त्रालयलाई लेखेर पठाउन आदेश दिएको छ । गुण्डा नाइके रिगलबाट रिट निवेदक भारती तथा उनको परिवारमाथि हुनसक्ने खतरालाई मध्यनजर गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ मागिनुलाई सामान्य रुपमा लिन सकिन्न ।
त्यस्तै अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर लिखित जवाफ आएको भोलिपल्ट अर्थात असोज २५ गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको छ ।
यो रिटमाथिको सुनुवाइ कुनै पनि पक्षको अनुरोधमा स्थगित नहुनेसमेत आदेशमा उल्लेख छ । अदालतको आदेश जस्ताको त्यस्तै :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...