ओली भन्छन् :कांग्रेस थोत्रो पार्टी हो, माओवादी अर्कैले खनेको बाटोमा मोटर दौडाउँछ

काठमाडौँ,असोज, १८
नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री एवंम् संसदमा विपक्षी दलका नेता केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसलाई थोत्रे पार्टीको संज्ञा दिएका छन् । आफ्नो हैसियत थाहा नभएको पार्टीको रूपमा बसेको भनेका छन् l
जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहसहितलाई बिहीबार पार्टी प्रवेश गराउने क्रममा उनले यस्तो बताएका हुन्। ‘कांग्रेस साँच्चै थोत्रो भयो, साँच्चै पुरानो भयो, आफैं केही पनि गर्न नसक्ने अवस्थामा पुग्यो। केही गर्न नसकेकै कारण ८७ सिट बोकेको कांग्रेस ३२ सिट (माओवादी केन्द्र) को पछाडि लागेको छ’, उनले भने, ‘कांग्रेस अहिले निरीह भएको छ। कांग्रेस कामै नलाग्ने भएको छ।’
बुधबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबिना सत्ता चल्नै नसक्ने बताएको प्रसंगलाई कोट्याउँदै ओलीले उनको नियति नै त्यही भएको टिप्पणी गरे।
‘माधव नेपालले कांग्रेसबिना चल्नै सकिँदैन भन्नु त ठीक हो। जेसुकै गल्ती गरे पनि कांग्रेसबिनाको सरकार सोच्न सकिँदैन, हामी कांग्रेसका पछि लाग्छौँ, हामी कांग्रेसकै सहारामा बाँचेका छौँ भन्नु ठीकै होला’, उनले भने, ‘माधव नेपालालई त त्यसो भन्न सुहाउँछ। किन भने १० वटा सिट हुनेले ८७ सिटको पछि लाग्नु कुनै अनौठो होइन।’
८७ सिट बोकेको कांग्रेस ३२ सिटको पछाडि लागेर केही गर्नै नसक्ने अवस्थमा पुगेको ओलीले दोहोर्याए। ‘कांग्रेस चाहिँ ३२ सिटका पछाडि लागेको छ। ३२ सिटेले राम्रो काम केही पनि गरेको छैन’, उनले भने, ‘नराम्रोबाहेक केही गर्न सकेन। माओवादीका नेता कार्यकर्ताहरूसँग मेरो भेट हुन्छ, उनीहरू बहुतै पीडा पोख्छन्।’
‘अहिले माओवादीमा ‘मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो’, जस्तै भएको छ। माओवादी कार्यकर्ताले सरकार बनाए, तर बाटो एउटाले बनायो, मोटर अर्कैले कुदायो’, उनले भने, ‘अहिले छोरी, ज्वाइँ, भाइ, भतिजा, भाञ्जा सबै सप्रिएका छन्। तर तमाम माओवादी कार्यकर्ता तड्पिएका छन्। तिनको योगदान र बलिदान सम्झिन पनि फुर्सद छैन सत्तासिनहरुलाई। यिनीहरूसँग कुनै नीति छैन देश बनाउने देश बनाउने पार्टी नेकपा एमाले मात्र हो l'ओलीको दावी थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...