डाक्टरहरू विरोध प्रदर्शन गर्दै माइतीघरमा

काठमाडौं,असोज,९
डाक्टहरू माथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू सडकमा निस्किएका छन् । विभिन्न पेशागत माग राख्दै देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन सेलाउन नपाई डाक्टरहरू सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग लिएर प्रदर्शनमा निस्किएका छन् l पेशा छोडौ कि देश भन्दै चिकित्सकहरू सडकमा निस्केका हुन् l
केही समयदेखि देशका विभिन्न भागमा डाक्टर र स्वास्थ्यकर्मीहरू पिटिएका छन।
हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशित बनेका छन् ।
डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।
माइतीघरमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गर्दै डाक्टरहरूले विरोध प्रदर्शन गरेका छन् ।
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।
बिरे नुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन् ।