गैरीगाउँ हत्या आरोपीको लिखित बयान : 'आई किल्ड फोर पिपुल'

काठमाडौं, भाद्र,३१-
प्रहरीले गैरी गाउँको सामूहिक हत्यामा आज एकजनालाई पक्राउ गर्यो । सीसीटीभी फुटेजमा समेत कैद भएका ती व्यक्ति आवाजविहिन ( साइलेन्ट पिपुल ) भएको प्रहरी स्रोतेल बताएको छ ।
स्रोतले भन्यो, ‘उनी बोल्न सक्दैनन् । तर, हामीले उनीविरुद्ध प्रमाणहरू भेटिसकेका छौं l उनी एक्लैले चारजनाको हत्या गरेको निस्कर्ष प्रहरीको छ ।
पक्राउ परेका ती व्यक्ति अन्दाजी २२ वर्ष जतिका छन् ।
हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका बोल्न नसक्ने व्यक्तिले मोटरसाइकलले ठक्कर दिएपछि हत्यासम्मको अवस्थामा पुगेको बयान दिएका छन्। केही दिनअघि मोरङका नवीन राईले चलाएको मोटरसाइकलले अभियुक्तलाई चाबहिलमा ठक्कर दिएको थियो।
नवीन राई बस्ने गरेको ठाउँ खोज्दै अभियुक्त स:मिलमा पुगेका थिए। तर त्यहाँ नवीनले चोर्न आएको भनेपछि दुईजनाबीच विवाद भएको थियो। त्यही विवादले उग्ररुप लिँदा अभियुक्तले झोलामा राखेको खुकुरी निकालेर नवीनको हत्या गरेका थिए।
त्यसपछि फर्किने क्रममा तल्लो तलामा बसेका भुजेल परिवारले थाहा पाउँछन् भन्ने डरले उनीहरुको पनि हत्या गरेको पाइएको छ।
प्रहरीले आइतबार सीसीटीभी फुटेजका आधारमा ती बोल्न नसक्ने व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परिसकेपछि उनले कापीमा ‘आई किल्ड फोर पिपुल’ लेख्दै अपराध स्वीकार गरेका छन्।
उनी सिन्धुपाल्चोकका रहेको बताइएको छ। साथै उनले साङ्कककेतिक भाषामा कक्षा १२ समेत पास गरेको बताएका छन् l उनको बारेमा विस्तृत बुझ्न समस्या भएपछि साङ्कककेतिक भाषा गहिरोसँग बुझनेलाई झिकाउने र यथार्थ बाहिर ल्याउने काममा प्रहरी लागिरहेको कुरा प्रहरी स्रोतले जानकारी दिएको छ l
कुन उपायबाट कारागार आफ्नो नियन्त्रमा लिन सकिन्छ भनेर सुरक्षा संयन्त्र र प्रशासन सरसल्लाह गर्दै रहेको...
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...