स्वास्थ्य क्षेत्रको संवेदनशीलता बुझेर वार्तामा बस्न सम्बन्धित पक्षलाई विवेकशील साझा पार्टीको अपिल

चिकित्सक माथिको हातपात कुटपिट र अस्पताल बन्दको विषयमा एक प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले सरकार र सम्बद्द पक्ष सबैको ध्यान आकर्षण गराएको छ l स्वास्थ्य क्षेत्र अत्यन्तै गम्भीर र संवेदनशील क्षेत्र भएकोले स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिंदा सर्वसाधारण जनताको स्वास्थ्यको हक वन्चित हुने र जनस्वास्थ्यमा गम्भीर असर पर्ने कुरामा विविकेशील साझाले चिन्ता जाहेर गरेको छ l अनाहकमा गत बुधबार हेटौडामा पिटिएका स्वास्थ्यकर्मी, डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथि भएको कुटपिटको विरोध गर्नुको साथै दोषी उपर कडा कारबाहीको माग गरेको छ l अस्पतालकोसेवा नै बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकसँग शीघ्र वार्ता गरी निकास खोज्न पनि विवेकशील साझको तर्फबाट सो पार्टीका प्रवक्ता आशुतोष प्रधानद्वारा जारी प्रेस विज्ञप्तिमा अनुरोध गरिएको छ l विवेकशील साझाद्वारा आज २०८० , भाद्र, ३१ गते जारी प्रेस विज्ञप्ति जस्ताको त्यस्तै :
कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय, सुरक्षाको ग्यारेण्टी गर्दै दोषीमाथि कारबाही गर्न सरकारसंग विवेकशील साझाको माग: वार्ता मार्फत तत्काल समस्याको समाधान गर्न आन्दोलनरत चिकित्सकहरु र नेपाल सरकारसंग अपील: गत बुधबार हेटौँडास्थित एक अस्पतालमा डा. विकास थापा र प्रशान्त बिडारीमाथि अस्पताल हातामै कुटपिट भएको घटनाप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। मानवीय सेवा क्षेत्र मानिने अस्पताल भित्रै अहोरात्र खटिने चिकित्सकहरुमाथि पटक पटक आक्रमण हुनु र यसको शिलशीला निरन्तर बढोत्तरी हुनु बिडम्बना र चिन्ताको विषय भएको विवेकशील साझा पार्टीको बुझाई छ। निरन्तर हुने यस्ता घटना परिघटनाले रात दिन खटेर काम गर्ने चिकित्सकहरुको मनोवल कमजोर हुने फलस्वरुप: विरामीहरुले प्रभावकारी उपचार पाउन कठिन हुने एवं दक्ष जनशक्ति विदेशीन वाध्य पार्न आगोमा घ्यु थपेझैँ भएको विवेकशील साझाको ठम्याँई रहेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेण्टी गर्न र दोषीहरुमाथी कडा कारवाही गरेर दण्डहीनताको अन्त्य गर्न विवेकशील साझा पार्टी सरकारसंग जोडदार माग गर्दछ। यसैवीच मकवानपुर चिकित्सक कुटपिट प्रकरण विरुद्ध आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुको आन्दोलनप्रति पनि विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। स्वास्थ्य क्षेत्र जस्तो अती संवेदनशील सेवा बन्द गरेर चिकित्सकहरुनै आन्दोलनमा उत्रिँदा सर्वसाधारणको उपचार पाउने हक वञ्चित हुने र जनस्वास्थ्यमा गम्भिर असर पर्नेप्रति विवेकशील साझा पार्टी विशेष चिन्ता जाहेर गर्दछ। अस्पतालको सेवा बन्दनै गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुसंग संवाद र वार्ताको माध्यमवाट तत्काल समस्या समाधानको प्रभावकारी पहल गर्न विवेकशील साझा पार्टी नेपाल सरकारलाई विशेष अपील गर्दछ।
नेपालको जय होस!
स-स्नेह
आशुतोष प्रधान प्रवक्ता विवेकशील साझा पार्टी २०८०/०५/३१
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।
बिरे नुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन् ।