एकीकृत समाजवादीका कर्मचारी नेता पोखरेल एमालेमा

साउन काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनका नेता भोला पोखरेल नेकपा एमालेमा फर्केका छन् । श्रमिकहरुको दुई धार मात्रै हुने भन्दै कम्युनिष्ट विचार भएकाहरु एक ठाउँमै आउनुपर्ने भन्दै एमालेमै प्रवेश गरेको उनले बताए ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष समेत भएका पोखरेल नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोग सदस्य समेत थिए । ‘म जागिर खानुभन्दा धेरै अगाडिदेखि नै कम्युनिष्ट आन्दोलनमा थिएँ । कम्युनिष्टको लागि भनेर लामो समयसम्म माधव नेपालको पछि लागें तर अहिलेको अवस्थामा सरकार सञ्चालनदेखि अन्तर्राष्ट्रिय सम्बन्धसम्म हेर्दा एमालेमै गएर एक हुनुपर्ने विचार सहित प्रवेश गरेको हुँ,’ उनले भने ।
सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत पोखरेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले शनिबार स्वागत गरेका थिए ।
प्राय: काठमाडौँका हरेक समाजिक न्यायको आन्दोलनमा सक्रिय रहने युवा किरण विक सहरी योजनामा स्नातकोत्तर,...
आफूसँग व्याकअप रहेकोले आफूले पछि बोल्ने जानकारी भण्डारीले गराएकी थिइन् l
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुुनो सोझ...