एकीकृत समाजवादीका कर्मचारी नेता पोखरेल एमालेमा
साउन काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनका नेता भोला पोखरेल नेकपा एमालेमा फर्केका छन् । श्रमिकहरुको दुई धार मात्रै हुने भन्दै कम्युनिष्ट विचार भएकाहरु एक ठाउँमै आउनुपर्ने भन्दै एमालेमै प्रवेश गरेको उनले बताए ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष समेत भएका पोखरेल नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोग सदस्य समेत थिए । ‘म जागिर खानुभन्दा धेरै अगाडिदेखि नै कम्युनिष्ट आन्दोलनमा थिएँ । कम्युनिष्टको लागि भनेर लामो समयसम्म माधव नेपालको पछि लागें तर अहिलेको अवस्थामा सरकार सञ्चालनदेखि अन्तर्राष्ट्रिय सम्बन्धसम्म हेर्दा एमालेमै गएर एक हुनुपर्ने विचार सहित प्रवेश गरेको हुँ,’ उनले भने ।
सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत पोखरेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले शनिबार स्वागत गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...