बालेनको देशभक्ति चीनको विरोध गर्दै भ्रमण रद्द

काठमाडौं, भाद्र,१४
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्ध गरेका छन् । चीनले भर्खरैमात्र सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै उनले चीनको विरोध स्वरूप भ्रमण रद्द गर्ने निर्णय गरेका छन् ।
चीनको निमन्त्रणामा मेयर साह ५ दिने भ्रमणमा चीन जाँदै थिए । तर चीनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालीको संवेदनशीलतामाथि चालेको गलत कदम मान्दै नैतिकताको आधारमा चीन नजाने फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’ बालेनले लेखेका छन् l
akabarey.com परीक्षण प्रसारणमा छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...