संसदको विषयगत समितिमा उमेद्वार दर्ता गर्ने माननीयहरू
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत १० विषयगत समिति सभापतिका लागि आइतबार उमेद्वारी दर्ता गरिएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा उमेद्वारी दर्ता गराइएको हो ।
हालसम्म उद्योग, वाणिज्य तथा श्रम उपभोक्त हित समितिको सभापतिमा जनमत पार्टीबाट उमेद्वारी परेको छ । पार्टीबाट पूर्वखानेपानी मन्त्री अब्दुल खानले उमेद्वारी दर्ता गराएका छन् ।
यस्तै, स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उमेद्वारी दर्ता गराएका छन् । पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको उमेद्वारी परेको छ ।
दलहरूले भागबण्डा गरेर समिति सभापतिका लागि उमेदवारी दर्ता गराएका हुन् । कानुन, न्याय तथा मानवअधिकारको सभापतिमा नेकपा (माओवादी केन्द्र)की बिमला सुवेदी, लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल, महिला समितिको सभापतिमा पनि एमालेका किरणकुमार साहको उमेदवारी परेको छ ।
राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसबाटै आरजु राणा देउवा तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा जसपा नेपालबाट राजकिशोर यादवको उमेदवारी परेको छ ।
विषयगत उमेद्वारी दर्ता गर्दाका तस्बिरहरू :
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...