शर्मिला कार्की" शरु" को मुक्तकसङ्ग्रह " पर्वतकिन्नरी" को विमोचन

मनोहराको ८०अौं शृङ्खला र पुस्तक विमोचन कार्यक्रम । आज २०८०/०५/०९ का दिन मनोहरा साहित्य समाज पुरानो सिनामंगलको ८० अौं काव्यशृङ्खला सम्पन्न भएको छ । दिउँसो १ बजेदेखि ग्लोबल पब्लिक स्कूलको सभा हलमा आयोजित सभाको अध्यक्षता संस्थाका अध्यक्ष डिल्लीराज अर्यालले गर्नुभयो ।
संस्थाका सचिव भावकेशर बरालले सञचालन गर्नुभएको कार्यक्रमका प्रमुख आमन्त्रित गजलका मसीहा ज्ञानुवाकर पौडेल हुनुहुन्थ्यो । विशेष आमन्त्रितमा समालोचक / कवि कृष्ण प्रधान हुनुहुन्थ्यो । पर्वत जिल्ला पैंयुँ निवासी शर्मिला कार्की" शरु" को मुक्तकसङ्ग्रह " पर्वतकिन्नरी" को विमोचन र यस पुस्तकबारे विशेष व्यक्तित्व कृष्ण प्रधानले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
विमोचनका लागि शर्मिला कार्कीले मनोहरा साहित्य समाज र यसका विभिन्न सदस्यहरूलाई ,प्रमुख आमन्त्रित र विशेष आमन्त्रित लगायत सम्पूर्ण उपस्थितमा हार्दिक धन्यवाद अर्पण गर्नुभएको थियो भने ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्की ,ज्येष्ठ नागरिक समाजका अध्यक्ष वसन्तराज कार्की,गीतकार रमेश कार्की र दामोदर न्यौपाने र कृष्ण मर्सानीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
मुक्तक सङ्ग्रह विमोचनका तस्बिरहरू :
सभाध्यक्ष डिल्लीराज अर्यालको स्वागत मन्तव्यका साथै एक श्लोक कविता वाचनबाट उद्घाटन गरिएको रचनावाचनमा निम्नबमोजिम प्रस्तुतिहरू भएका थिए । -अनुराग अरूण- मुक्तकहरू,टी. पी. बराकोटी -...,रचना दाहाल-गद्यकविता ,भोजराज मुखाले-मुक्तकहरू,रवीन्द्र आशीष शैली-कविता "एक निमेष समय" पार्वती भट्ट- देउडा २ हरफ गाएर थप केही देउडा वाचन ,शम्भु गजुरेल-" मृत बाँदर" तोटकमा,निर्मलरमण पराजुली- ५ वटा मुक्तक ,टीएन भट्ट विश्वामित्र " कवि १,२,३,४,५" रुद्र अधिकारी -(अविरल साहित्य यात्रा)- ४ मुक्तकहरू गणेश खतिवडा -३ वटामुक्तक-भुजङ्गप्रयात,उपजातिर अनुष्टुप् मा बुद्धिसागर पौडेल -मुक्तक,रत्ननिधि रेग्मी- जाउँ अब बेलैमा चाइना रेलैमा... व्यंग्यगीत भुवन शिवाकोटी चौघरे- गद्यकविता ,लीलाराज दाहाल -लघुकथा " सम्मान",मधुसूदन लामिछाने " व्यथा छ चर्को" इन्द्रवज्रा,उपजातिमा,अप्सरा पोख्रेल -गजल ,दिल पौडेल - " मुर्रा राँगा" गद्यकविता ,नूरदेव खनाल" किसानको गुनासो " तीजे लयमा,रमेश कार्की- शुभकामना र " आऊ बैनी फर्केर,दुख्छ यो छाती चर्केर.... तीजे सन्दर्भको गीत,सूर्यप्रसाद डुम्रे - संस्मरण र कवितारहेका थिए । शिवराम खँडका,डा. योगेन्द्र अधिकारी ,पुष्पा खनाल अधिकारी ,खोलाघरे साहिंलो,विष्णु थापा विछोड,शर्मिला पोख्रेल,उषा चापागाईं,रेखा चापागाईं,युनिशा कार्की ,देवज्ञ अधिकारी ,देव्यानी अधिकारी ,नागेन्द्रप्रसाद आचार्य ,नमराज घिमिरे शिखर,पवन कार्की,कपिल अर्याल आदि ६५ जनाको उपस्थिति रहेको यो कार्यक्रम निकै रोचक रहेको थियोे ।
तस्बिरमा कार्यक्रमका केही झलकहरू :
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...