रास्वपा र विवेकशील साझाको आज एकता घोषणासभा हुँदै
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आइतबार आज मङ्सिर १४ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने भएको छ l
असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःशर्त एकतामा जाने निर्णय गरेको विवेकशील साझाले मङ्सिर १० गते एक विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको थियो l
विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान शुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो । यी दुई दलबिचको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...