'नेपालको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा आरक्षण वा कोटा प्रणाली नै छैन'-मीन विश्वकर्मा
आदरणीय राजनीतिक तथा सामाजिक अभियन्ता साथीहरू,
नमस्कार ! जयनेपाल !
केही वर्ष देखि पढेलेखेका भनिने युवाहरूका बिच र विशेष गरेर दलित समुदायका यूवाहरू नेपालको संविधानले सुनिश्चित गरेको अन्य सात वटा समुदाय जस्तै दलित समुदायको सहभागितालाई “ दलित कोटा” भन्दै खारेजीको माग गरिरहेको पाईन्छ l
यसले समाज र राष्ट्रिय राजनीतिमै ठूलो भ्रम सिर्जना गरेकोले नचाहादा नचाहादै आज केहही कुरा लेख्न वाध्य भएको छु l
१. पहिलो कुरा नेपालको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा आरक्षण वा कोटा प्रणाली नै छैन l किन भने कुनै एक वा दुई जात, धर्म, क्षेत्र, लिंग वा सम्प्रदायलाई दिईने नीजि वा सार्वजनिक अवसर वा सुविधालाई आरक्षण भनिन्छ र त्यो लागू गर्दा कोटा निर्धारण गरिन्छ l
२. नेपालका सार्जनिक तथा सरकारी अवसरहरूलाई समावेसी र खुल्ला भनि विभक्त गर्दै सबै अवसरको ४०% लाई १००% मानेर समावेसी खण्ड वनाईएको छ l
३. त्यो ४०% लाई १००% मान्दै जनसंख्याको अनुपातमा “ खस आर्य, जनजाति, महिला, मधेसी, दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांग गरि ८ (आठ) भाग लगाईएको छ l
४. यसरी हेर्दा सदियौंदेखि राज्य सत्ता र स्रोतमा वलियो पहुच भएका खस आर्यले नै समानुपातिक खण्डको १/३, तथा वन्चितिकरणमा परेका जनजातिले १/३, महिलाले १/२ मधेसीले १/५, दलितले १/७, थारूले १/१८, मुस्लिमले १/२० र सोही अनुसार निम्नतम हिस्सा अपांग र पिछडिएको क्षेत्रले पाउदै आएका छन l
५. यो अवसर पनि सजिलै आएको होईन l खस, आर्य बाहेक हरेक जाति, धर्म, लिंग, क्षेत्र र समुदायले गरेको दशकौंको संघर्ष र आन्दोलनवाट २०६३ को संविधान मार्फत आएको हो l
६. एकल जातीय प्रभुत्व भयो भनि नेपाललाई समावेसी राज्य प्रणालीमा रूपान्तरण गर्न यो निति अवलम्वन गरिएको हो l
७. इतिहासको लामो विभेदकारी शासन व्यवस्थाको कारण अन्याय, अत्याचार, विभेद र शोषणको शिकार भई दयनीय जीवन यापन हरिरहेको समुदायलाई राज्यको मूल प्रवाहमा समाहित गर्दै मुलूकमा दिगो शान्ति स्थापनार्थ लागू गरिएको हो l
८.पीडित वर्ग समुदायको लागि यो अवसर अति कम भएको छ l हरेक समुदायले थप गर्न माग गरिरहेका छन् l
९. दलित समुदायकै केही राजनीतिक तथा सामाजिक अभियन्ताबाट “ दलित कोटा” भनि गलत परिभाषा गरेर खारेज गर्नपर्छ भन्नु सबै वृद्ध वृद्धाले पाउदै आएको वृद्ध भत्ता दलितलाई चाहि खारेज गरौ भने जस्तै हो l
१०. त्यसैले ईतिहास पढौ l हल्लाका पछि नलागौ l आवेग, ऊत्तेजना र वेहोसीमा नवोलौ l राज्यको प्रणाली र पद्धति बुझौं l
जय नेपाल !
स्मरणीय : प्रस्तुत विचार नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको फेस बुकबाट साभार गरिएको हो l विश्वकर्माको तस्बिर पनि सोही ठाउँबाट लिइएको हो l
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'