हेलिकप्टरमार्फत् सुत्केरी र शिशुको उद्धार
रासस-टक्सार (भोजपुर), २१ असोजःभोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो । दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले धरान पठाइएको ओख्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सङ्गीता राईले जानकारी दिनुभयो । रामप्रसाद राई–४ ओख्रेस्थित स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो ।
सडक अवरुद्ध भएकाले तत्काल थप उपचारका लागि पठाउन समस्या भएपछि हवाई उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी र शिशुको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न अहिले भर्खर आदेश दिएको हो ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...