पूर्व सचिव डा.मान बीकेको तर्फबाट जारी गरिएको अपिल

काठमाडौँ : एक स्वतन्त्र नागरिकको तर्फबाट पूर्व सचिव डा.मान बीके ले हालको राजनीतिक परिप्रेक्ष्यमा गर्नु भएको अपिलमा निम्नलिखित विषय र सन्दर्भहरू समावेश छन् l
१. प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रलाई नै चुनौती खडा गर्दो रहेछ भन्ने कुरालाई आत्मसात गरौँ l
२. हरेक तह र विषयमा हुने अधिक राजनीतिलाई अन्त्य गरी अब राजनीतिलाई निष्पक्ष नीति निर्माण र यसको कार्यान्वयनको प्रभावकारी निगरानीमा उच्चतम अभ्यास गर्ने तहमा विकास गरौँ l
३. वर्तमान संकटको रूपान्तरणकारी व्यवस्थापन संविधानसभाबाट निर्मित नेपालको संविधानलाई टेकेर नागरिक सरकारमार्फत गर्ने निर्णय संविधान र यसको वैधतालाई आत्मसात गरौँ l
४. यसमा विभिन्न त्रुटीहरू भेटिएलान, यसलाई अध्ययनका लागि अध्येताहरूलाई छोडौँ । विरोधको अधिकराजनीतिमा उत्रिन बन्द गरौँ l
५. लोकतन्त्रलाई उन्नत बनाउने जनमतबाट नै हो । निर्वाचन घोषणा भएको छ । बरु यसलाई सालीन, समावेशी र जनमुखी बनाउन तिर सबै राजनीतिक दल, नागरिक र सरोकारवालाहरू प्रतिवद्ध बनौं l
६. विगतको समीक्षा गरी आआफ्ना विधान र संरचनाहरू पुनरसंरचना गरौ । नयाँ स्थापना हुन चाहनेहरू पनि सो अनुरुप संगठित बनौं ।
७. निर्वाचनलाई समावेशी, सालीन र जनमुखी बनाउन नीतिगत रूपान्तरणको छलफलमा जुटौ । त्यसका लागि सरकारलाई सहयोग गरौँ l
८. जेन-जीको प्रदर्शनमा शहादत भएका युवाहरूको रगत र जलेको सिंहदरबारको खरानीको कसम खाएर हामी सबैले मुलुक, नागरिक, समाज र अन्तराष्ट्रिय जगतलाई अब देश शान्त, सुरक्षित, समावेशी, समृद्ध र उन्नत लोकतान्त्रिक बन्छ/बनाउछौ भन्ने कुराको सामूहिक प्रण गरौँ l
९. हाम्रा युवा पुस्तालाई प्रशिक्षित गरौ/भरौसा दिलाऔँ l
१०. प्रत्येक नागरिक “जे छ, जति छ, जहाँ छ” त्यसैबाट उठ्ने प्रण गरौ/उठाउने प्रयास गरौँ l
जय होस। २०८२ भदौ २९ गते ।
नोट : भदौ २५ गते उहाँले जेन-जी समूहलाई दिनु भएको सार्वजनिक सुझाव पनि सान्दर्भिक हुने देखेर यहाँ प्रस्तुत गरिएको छ l
केही दिनदेखि चलेको जेन-जीको प्रदर्शनीले देशलाई एउटा स्थानमा ल्याइपुर्याएको छ । हाम्रा कलिला नानी बाबुहरूले ज्यान गुमाउनु परेको पीडा देशै भरि छाएको छ । यही क्रममा सिंहदरबारलगायत राज्यका महत्वपूर्ण संरचनाहरू ध्वस्त हुन पुगेका छन् । यी दु:खका माझमा राज्य संचालन जस्तो गंभीर जिम्मेवारी पनि जेनजीकै काधमा आएको छ । घुसपैठबाट बच्दै बढो सतर्कका साथ यो ऐतिहासिक जिम्मेवारी वैधानिकरूपमा अघि बढाउन जेन-जी लाग्नु परेको छ । त्यसका लागि पहिलो चरणमा निम्न कार्य जरुरी हुन्छ भन्ने एक स्वतंत्र विचार/सुझाव राखेको छु । जरुरत पर्दा सहयोग रहने नै छ ।
१. जेन-जीको नेतृत्वमा मानवअधिकारकर्मी, नेपाली सेना र लव्धप्रतिष्ठित स्वतंत्र व्यक्तिहरुको परामर्श बैठक बसी संविधानका संवन्धित धाराहरु निलम्बन गरी प्रतिनिधीसभा र प्रदेशसभा भंग गर्ने तथा सरकारको नेतृत्व गर्ने स्वतंत्र व्यक्ती यकिन गर्ने
२. राष्ट्रपतिबाट संविधानका संवन्धित धाराहरू निलम्बन गर्ने तथा प्रतिनिधिसभा र प्रदेशसभा भङ्ग गर्ने
३. स्वतन्त्र व्यक्तीको नेतृत्वमा समावेशी स्वरूपको अन्तरिम सरकार गठन गर्ने
४. बजेट पुनरलेखन गर्ने
५. जेन-जीको प्रदर्शनका संदर्भमा भएका घटनाको छानविन गर्न समिति बनाउने
६. प्रदर्शनका संदर्भमा भएको भौतिक क्षतिको विवरण तेयार गरी स्वेतपत्र जारी गर्ने
७. सरकारी संरचनाहरु पुनर्संरचना गर्न उच्चस्तरीय समिति बनाउने
८. संविधान संसोधनका लागि अध्ययन समिति बनाउने
९. निर्वाचनको मिति तोक्ने र सो अनुसार तयारी गर्ने
स्मरणीय : डा. मान बीके नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ l उहाँले निरन्तर सामाजिक, राजनीतिक र आर्थिक विषयमा दलितको मुद्दा र राज्यको चरित्र समावेशी बनाउने विषयमा विभिन्न पत्रपत्रिका अनलाइनहरूमा लेख्दै र जनतालाई एक स्वतन्त्र नागरिकको रूपमा सुसूचित गर्दै आउनु भएको छ l
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l
मुख्य प्रश्न भनेको के हो भने हामीले फेसबुक बन्द हुँदा नयाँ वैकल्पिक प्लेटफर्म, सामाजिक व्यवहार र जिम...