श्री पाँच राजेन्द्रको पञ्जा छाप
उहिले राजाको यस प्रकारको पञ्जा छाप प्राप्त भयो भने सबै भन्दा ठूलो अधिकार प्राप्त हुन्थ्यो । बाबु चौतारिया पुष्कर शाहको मृत्युपछि राजाले उनका छोराहरूलाई तिमीहरुको म छु भन्दै आफ्नो पञ्जा छाप दिएका थिए ।
स्वस्ति श्रीगिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरूदावली विराजमान मानोन्नत श्रीश्रीश्रीश्रीश्री महाराजाधिराज राज राजेन्द्रविक्रम साह बहादुरशमशेर जङ्ग देवानां सदा समर विजयीनाम
आगे चौतरिया भिमविक्रम साह चौतरिया कर्णेल वीर विक्रम साह प्रति तिमिहरुको म छु षातिर गर्न्या पंजा पठाइबक्स्याको छ पंजा देषत चाँडो आउन्या कुरा गर इति सम्वत १९०३ साल मिति बैशाख वदी ३ रोज ३ शुभम् ।
akabarey.com परीक्षण प्रसारणमा छ l यो सामग्री पनि हामीले सुनिल उलकको फेस बुकबाट साभार गरेका हौं l
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इ...
लमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘ह...
भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टी...