उच्चस्तरीय छानबिन समिति बनाउन करिब करिब सहमति - कार्यविधिको लागि तीन नेताले जिम्मा पाए
काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच मोटामोटी सहमति भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन मोटामोटी सहमति भएको हो । बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पद गिरीले बताए । तर त्यसको टीओआर के बनाउने भन्ने विषय टुंगिन बाँकी रहेको उनले बताए । यो विषयमा होमवर्क गर्नुपर्ने भएकाले सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार गर्नेगरी भोलि बिहान ११ बजेसम्मको समय दिइएको छ । त्यसलाई अन्तिम रुप दिएर २ बजे शीर्ष तहको बैठक बस्ने सहमति भएको छ । गिरीले सरकारले छानबिन समिति बनाउन तयार भइसकेकाले संसद खुल्न सक्ने बताए ।
कांग्रेस नेता रमेश लेखकले बैठकमा सकारात्मक छलफल भएको बताए । उनले सबै विकल्प र सम्भावनाहरुमा छलफल भएको जानकारी लिए । ‘भोलि बसेर सबै विषय टुंग्याउँछौँ । सकारात्मक छलफल सौहार्दपूर्णरुपमा छलफल भएको छ । भोलिको संसद चल्छ’ लेखकले भने ।
रास्वपाका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सहमति बनेको बताए। ‘नेताहरुलाई त्यसबारे ड्राफ्ट गर्न जिम्मा दिइएको छ। भोलि सबै विषय टुंगिन्छ । भोलि संसद खुल्नेमा पनि विश्वस्त छु ’ लामिछानेले भने ।
akabarey. com टिप्पणी : एमाललेले सरकारलाई गलायो l akabarey.com परीक्षण प्रसारणमा छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...