रुपन्देहीका नेकपा एसका नेता डा. विजयप्रसाद गौतम संयुक्त नागरिक पार्टी प्रवेश
रुपन्देही- संयुक्त नागरिक पार्टीले रुपन्देहीले प्रथम जिल्ला भेला शनिबार सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले रुपन्देहीमा पार्टीको जिल्ला कार्यसमिति गठन गरेको हो । संनपाको जिल्ला भेला मार्फत माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीका प्रदेश समिति सदस्य डाक्टर विजय प्रसाद गौतम संयुक्त नागरिक पार्टीमा प्रवेश गर्दै संयुक्त नागरिक पार्टीको रुपन्देही जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । गौतमको अध्यक्षतामा उपाध्यक्ष तविता विक द्वितीय उपाध्यक्ष रचना मोक्तान सचिव :संकर पृथी सिमोन,सह–सचिव ललित तिरुवा,कोषाध्यक्ष : श्याम गुरुङ, सदस्यहरू : प्रकाश चन्द्र घिमिरे, सानु भापा, कमला गौतम, हेम आले, हिरा सारु, रुवेन चौधरी, भीम क्षेत्री, सावित्रा गलामी रहेका छनभने सपार्टी ले जिल्लामा तीन सदस्य ल्लाहकारहरू युवराज बिक, मन पाण्डे, यानबहादुर सुनारलाई चयन चयन गरेका छन् ।
कार्यक्रममा पार्टीका प्रवक्ता विदुर अधिकारी, केन्द्रीय सदस्य गणेश सुनारसहित विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दलमर्दन कामीले संयुक्त नागरिक पार्टी कुनै रहर वा सत्ताको भागबन्डाका लागि बनेको पार्टी नभई नयाँ सोच, नयाँ नेतृत्व र नयाँ मूल्य मान्यता सहितको बैकल्पिक राजनीति निर्माण अभियान भएको बताए । अध्यक्ष कामीले आफ्नो सम्बोधनमा भनेका छन् “इमानदार नेता आजको आवश्यकता” भन्ने मूलमन्त्रसहित ईश्वरीय मूल्य मान्यतामा आधारित सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र स्थापना गर्दै नयाँ नेपाल निर्माण गर्ने प्रतिज्ञा सहित बैकल्पिक राजनीति निर्माणमा लागेको जिकिर गरेका छ्न । उनले रुपन्देहीलाई ऐतिहासिक, सांस्कृतिक धरोहरको भण्डार र कृषिउद्योगको प्रमुख आधारभूमि भन्दै जिल्लाभर दलित, मधेसी, मुस्लिम, ईसाई, बौद्ध, सिक्ख, जैनलगायत धार्मिक अल्पसंख्यक र सीमान्तकृत समुदायको अधिकार सुरक्षित गर्न तथा खसआर्य, थारू, आदिवासी–जनजातिसहित सम्पूर्ण समुदायको आत्मसम्मान र समान अवसर सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे ।
अध्यक्ष कामीले नयाँ कार्यसमितिलाई अन्याय, विभेद, बहिष्कार र दमनका विरुद्ध दृढ संघर्ष गर्न, जनताको इमानदार सेवामा उभिन र सत्ताशक्तिको लोभमा नझुक्न निर्देशन दिए । कार्यक्रममा डा. जोयल रेग्मी, मन पाण्डे, युवराज बिक, ललित तिरुवा, तेज प्रकाश बिसी, रेव. बाबुराम बस्नेतलगायतले नवगठित जिल्ला कार्यसमितिलाई शुभकामना दिएका थिए । यसैसँगै अध्यक्ष कामिले रुपन्देहीबाट संयुक्त नागरिक पार्टीले लुम्बिनी प्रदेशमा आफ्नो औपचारिक राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेको समेत घोषणा गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...