सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता
सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बागेश्वरबाट एउटै परिवारका १६ जना सदस्य एकसाथ बेपत्ता भएका छन् ।
बेपत्ता परिवार स्थानीय उर्मिला हायुको हो, जो छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएकी थिइन् । स्थानीयले आइतबारदेखि उनीहरू सम्पर्कविहीन रहेको जानकारी दिएका छन् ।
घटनाबारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले खोजतलास सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी टोली हायुको घरमा पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको छ ।
घरमा उनीहरूले पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा फेला परेको तर घरमा एक जना सदस्य पनि नभेटिएको प्रहरीले बताएको छ ।
वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमार्फत परिवार सम्पर्कविहीन भएको पुष्टि गरेका छन् । उनले घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएको जानकारी उल्लेख गरेका छन् ।
हाल प्रहरीले स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग समन्वय गरेर बेपत्ता परिवारको अवस्थाबारे थप जानकारी लिने प्रयास गरिरहेको छ ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...