पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आज पत्रकार सम्मेलन

९ साउन, काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गरेर एमाले निर्णयको प्रतिवाद गर्ने भएकी छन् l
भण्डारीले कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको खबर प्राप्त भएको छ l साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । आफूसँग व्याकप रहेकोले आफूले पछि बोल्ने जानकारी भण्डारीले गराएकी थिइन् l
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ । तर विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक र उस्तै परे कानुनी प्रतिवाद गर्ने तयारीमा छन् । त्यसका लागि देशव्यापी राजनीतिक अभियान चलाउने विद्याको तयारी भएको बुझिन्छ l पूर्वराष्ट्रपतिको एमालेमा सक्रिय हुने र पार्टी अध्यक्ष नै दाबी गर्ने विषय यतिबेला राजनीतिको बजारमा सबैभन्दा बढी गर्माएको विषयवस्तु हो l विद्या भण्डारीको एमाले राजनीतिमा प्रवेशको विषय एमालेले निषेध गर्यो भने उनको प्रयासलाई प्रचण्डले सकारात्मक भनेका छन् l विद्याको राजनीतिमा सक्रियतालाई वाम एकता र वाम धुर्वीकरण दुवै कोणबाट विश्लेषण गरिएको छ l कतिपयले ओली विद्याको डिजाइनमा यो अभिनय हो वास्तविकता मिलेमतोमा छ भन्ने तर्क पनि प्रस्तुत गरेका छन् l
स्मरणीय : फोटो विकिपीडियाबाट साभार
प्राय: काठमाडौँका हरेक समाजिक न्यायको आन्दोलनमा सक्रिय रहने युवा किरण विक सहरी योजनामा स्नातकोत्तर,...
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुुनो सोझ...
२५ लाख हस्ताक्षर भरे भोलि नै पुग्ने रास्वपाका एक नेताले उत्साहित हुँदै बताएका छन् l