रवि लामिछानेको पक्षमा करिब २५ लाख हस्ताक्षर सङ्कलन
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी बिहीबार पत्रकार सम्मेलन गरेर दिएको छ l रास्वपाले सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो । रविको पक्षमा हस्ताक्षर गर्नेक्रम बढ्दो रहेको कारण २५ लाख हस्ताक्षर भरे भोलि नै पुग्ने रास्वपाका एक नेताले उत्साहित हुँदै बताएका छन् l
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको उल्लेख गर्दै साउन ५ गतेबाट सभापतिको अपिल र हस्ताक्षर अभियान लिएर घरदैलो कार्यक्रम गर्ने पनि उनले बताए ।
अब केन्द्रीय कार्यालय, प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ राखेर अभियान चलाउने बताए । उनले अहिलेसम्म अभियानको लागि सहयोग रकम ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको बताए।
अभियानका संयोजक समेत रहेका बोहराले सभापतिको अपिल र हस्ताक्षर फारम छाप्नेलगायत अभियानका लागि अहिलेसम्म ५९ लाख ६८ हजार खर्च भइसकेको घाटा बजेटको जानकारी पनि दिएका थिए l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...