राष्ट्रिय दलित आयोगले राष्ट्रियसभाका अध्यक्षको उपस्थितिमा छुवाछुत तथा भेदभाव उन्मूलन दिवस भव्य रूपमा मनायो

काठमाडौँ : राष्ट्रिय दलित आयाेगका अध्यक्ष माननीय देवराज विश्वकर्माको अध्यक्षता राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय नारायणप्रसाद दहालको प्रमुख आतिथ्यतामा जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८२ भव्य रूपमा जेठ २१ गते काठमाडौँको बुद्धनगरमा सम्पन्न गरेको छ l
सामाजिक सद्भावसहितकाे समतामूलक समाज निर्माण गराै" भन्ने मुल नाराका साथ राष्ट्रिय दलित आयाेगकाे आयोजनामा १९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८२ काे अवसरमा पण्डित, पुजारी, धर्मगुरु, समाजशास्त्री लगायत विभिन्न सराेकारवालाहरूसँग दलित समुदायको हक, अधिकारकाे विषयमा अन्तरसंवाद कार्यक्रम गरिएको छ l उक्त कार्यक्रमलाई शुभकामाना मन्तव्य दिँदै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले 'हरेक वर्ष जेठ २१ गतेको दिनलाई सार्वजनिक बिदा दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।'
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा अध्यक्ष दाहालले भने, ‘यो दिवस दलित समुदायको सम्मान र समानताको पहिचान स्थापित गर्ने, सामाजिक न्याय र मानव अधिकारको प्रवद्र्धन गर्ने अवसर पनि हो । यो केवल स्मरणको दिन मात्र होइन, आफूबाटै परिवर्तन शुरू गर्न प्रतिबद्धता गर्ने दिन पनि हो ।सरकारले आजको दिनलाई सार्वजनिक विदा दिनुपर्छ भनेर माननीय सदस्यले संसदमा आवाज उठाइरहनुभएको छ, त्यसतर्फ सरकारले आवश्यक निर्णय गरोस् भन्ने मैले यस अवसरमा आग्रह गर्दछु ।’अध्यक्ष दाहालले संविधानमा दलितका लागि धारा ४० मा र ४२ मा मौलिक हकको व्यवस्था गरिएको भए पनि ति व्यवस्थाको कार्यान्वयनको अवस्था अझै सन्तोषजनक नरहेको बताए ।उनले भने, ‘सार्वजनिक सेवामा आरक्षणका व्यवस्था प्रभावकारी कार्यान्वयनको चरणमा पुगेका छैनन् । राजनीतिक प्रतिनिधित्वको हक संवैधानिक रूपमा सुनिश्चित गरिए पनि नीति निर्माण तहमा दलित समुदायको प्रभावकारी उपस्थिति अझै कमजोर देखिन्छ ।
संविधान अनुसार भएका थुप्रै कानुनी तथा नीतिगत प्रावधान व्यावहारिक जीवनमा पुग्न नसक्नु, स्थानीय तहमा पनि दलित सरोकारका विषयमा अपेक्षित चासो नदेखिनु, अझै पनि सामाजिक व्यवहारमा छुवाछुतका स्वरूप कायम रहनुजस्ता समस्या विद्यमान छन् ।’
कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष एवं समारोहका सभापति माननीय देवराज विश्वकर्माले आयोगका यावत गतिविधि र कार्य बारे प्रकाश पार्दै सीमित स्रोत र साधनकाबिच आयोगले सम्पन्न गरेका कार्यहरू र कठिनाईहरू बारे स्पष्ट पारेका थिए l दलित आयोगलाई स्रोत र साधनले सम्पन्न बनाउन सरकार र सरोकारवाला दलहरू नागरिक समाज आदिको ध्यानाकर्षण गराएका थिए l
आयोगका माननीय सदस्य मेहल पार्कीले स्वागत मन्तव्य राखेका थिए भने आयोगका विषय विज्ञ सुशिल विकेले कार्यक्रमको उदेश्य महत्वबारे प्रकाश पारेका थिए l कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सूर्य ढुङ्गेल, सांसदहरू गोपी अच्छामी, प्रभु हजारा पासवानलगायत दलित समुदायका विभिन्न संघ संगठनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए l
पहिलो सेसनको कार्यक्रम पत्रकार महासंघको केन्द्रीय सदस्य रिता बुढाथोकीले संचालन गरेकी थिईन् l दुई सेसनमा विभक्त कार्यकर्ममा दोस्रो सेसनमा आचार्य गुरु तुलसीरामको 'वैदिक सनातन धर्ममा छुवाछुत छैन' भन्ने कार्यपत्रमाथि अन्तर संवाद र टिप्पणीको कार्यक्रम गरिएको थियो l अधिकारकर्मी अध्येता मेघेन्द्र विश्वकर्मा, सञ्जीव कार्की र पूर्व सांसद पार्वती विशुंखेले टिप्पणीकर्ताको रूपमा कार्यपत्रको कमजोरी र सबल पक्षमा आआफ्नो धारणा राखेका थिए l चर्चित गायिका टीका सानुले सो अवसरमा आफ्नो अनुभव सहित गित गएकी थिईन् l
बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो l
सीमान्तकृत वर्गअन्तर्गत बोटेमाझीका २० घरलाई प्रतिपरिवार रु ५० हजार र सत्यवतीमा दलित समुदायका २२ परिव...
मलाई विभेद गर्दा सुन्ने स्टाफले अहिले पनि हामीले सुनेनौँ भन्नुहुन्छ । विभेदको पीडा भोग्नेलाई मात्र थ...