बझाङको चैनपुरमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत् जागरण सभा आयोजना हुने

बझाङ- बझाङको चैनपुरमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ । सुदुर पश्चिमका अन्य जिल्ला बाजुरा अछाममा आयोजना गरेको कार्यक्रम सकेर बझाङमा २६गते हुने जागरण सभा आयोजना हुँदैछ l जिल्लाका दलित समुदायहरूले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको जनाएका छन् ।
शिक्षा र जनचेतनाको विकास भएसँगै बझाङ जिल्लामा समेत दलित समुदाय अहिले आफ्ना हक र अधिकारको खोजी गर्दै आवाज उठाउन अग्रसर भएको हो । संविधानमै उल्लेख गरिएका अधिकार पनि प्रत्यक्ष अनुभुति गर्न नपाएकोले यसका विरुद्ध बझाङका दलित समुदायहरु एकजुट गराउन पहिलोपटक जागरण सभा गर्न लागिएको हो । दलित समुदायको अधिकारका लागि र आन्दोलनलाई बलियो बनाउन अहिले विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन भइरहेका छन् । सोही अनुसार दलितका लागि दलित अभियान नामक बृहत जागरण सभाको आयोजना गर्न लागिएको हो । चैनपुरमा पहिलोपटक हुन् लागेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको वृहत जागरण सभामा प्रमुख अतिथिका रूपमा दलितका लागि दलित अभिायनका संयोजक खगेन्द्र सुनार आउने भएका छन् । दलित समुदायलाई संविधानमा उल्लेख भएका अधिकारबाट राज्य सहितका संयन्त्रहरूमा स्थान नदिएको भन्दै यसका विरुद्ध दलित समुदाय एकजुट हुन्का लागि पनि यो कार्यक्रम गर्न लागिएको हो ।
चैनपुरमा हुने जातीय भेदभाव तथा छुवाछुत विरुद्धको वृहत जागरण सभामा आम जन समुदाय तथा जिल्लास्थित १२ वटै पालिकामा दलित समुदायबाट विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका जनप्रतिनिधि र दलित समुदायका बुद्धिजिवीलाई आमन्त्रण गरिएको छ । प्रवक्ता उपेन्द्र ब. आग्री दलित अधिकार एकता संजाल बझाङ र दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सदस्य तथा राष्ट्रिय दलित गोलमेच सम्मेलनका केन्द्रीय सदस्य सुशील ओखेडाले यस बारे जानकारी दिनुभएको छ ।
(स्मरणीय : फाइल फोटो प्रयोग गरिएको छ - सम्पादक )
बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो l
सीमान्तकृत वर्गअन्तर्गत बोटेमाझीका २० घरलाई प्रतिपरिवार रु ५० हजार र सत्यवतीमा दलित समुदायका २२ परिव...
मलाई विभेद गर्दा सुन्ने स्टाफले अहिले पनि हामीले सुनेनौँ भन्नुहुन्छ । विभेदको पीडा भोग्नेलाई मात्र थ...