सगरमाथा संवाद सुरु-हिमालहरू जोगाउनु पृथ्वी,महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
काठमाडौँ, २ जेठः ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गर्नुभएको छ । समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वाेच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट गर्नुभयो । “आशा गछौँ, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ हाम्रा घरबासहरू पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।”
स्मरणीय : फोटो प्रधानमन्त्री ओलीको निजी सचिवालयबाट प्राप्त l
उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न अहिले भर्खर आदेश दिएको हो ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...